उपसभामुख हटाउने प्रस्ताव आए माओवादीले विरोध गर्ने
मङ्गलबार, २५ भदौ २०८१, १२ : ३३

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रस्ताव सत्ता गठबन्धनले संसदमा पेस गरे विरोध गर्ने बताएका छन् ।
मंगलबार रातोपाटीसँग कुरा गर्दै पाण्डेले उपसभामुखलाई हटाउने प्रस्ताव आएमा विरोध गर्ने बताएका हुन् ।
‘उपसभामुखलाई हटाउने सम्बन्धमा सत्ता गठबन्धनले संसदमा कुनै प्रस्ताव ल्याएको छैन । यदि प्रस्ताव आएको विषयमा हामी विरोध गर्छौँ । अहिले नै यसबारे पार्टीले आधिकारिक निर्णय भने गरिसकेको छैन’, पाण्डेले भने ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा उपसभामुख राना मगरले पदीय आचरविपरीत काम गरेको भन्दै हटाउनुपर्ने सम्बन्धमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारपाकमा क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ शिविर
-
पुटिनले जस्तै गरी सोच्छन् ट्रम्प ?
-
पुडुचेरीका विधायकहरू अनुभव आदानप्रदानका लागि पोखरामा
-
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै
-
सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?
-
क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लगाउने ट्रम्पको अडानले अमेरिकी शेयर बजार ‘ध्वस्त’