‘खुस्मा’ शुद्ध र ‘इनोसेन्ट’ प्रेमकथा हो – अभिनेता धिरज मगर
काठमाडौँ । अभिनेता धिरज मगर फिल्म ‘इन्टु मिन्टु लन्डनमा’बाट अभिनयमा डेब्यु गरेका हुन् । २०७५मा निर्माण भएको फिल्ममा उनी ‘लभर ब्वाई’को भूमिका थिए । त्यसयता उनले जति फिल्म अभिनय गरे यस्तै भूमिकामा देख्न मिल्यो ।
आगामी असोज ३ गतेबाट उनको नयाँ फिल्म ‘खुस्मा’ सार्वजनिक प्रदर्शनमा आउँदै छ । यो फिल्ममा पनि उनको भूमिका ‘लभर ब्वाई’कै छ । फिल्म प्रेमकथामा र आफ्नो भूमिका ‘लभर ब्वाई’को भएपनि हरेक फिल्ममा चरित्र र प्रसङ्ग फरक भएको धिरजले रातोपाटीसँग बताए ।
‘‘लभर ब्वाई’ भएपनि ‘खुस्मा’को भूमिका अन्य फिल्म भन्दा फरक नै छ’, मगरले भने ‘फिल्ममा मेरो साधारण क्यारेक्टर छ, जो मैकोट गाउँमा हुर्किएको हो ।’ फिल्म २५ वर्ष अगाडिको कथामा निर्माण भएकोले चरित्रमा काम गर्न चाहिँ आफूलाई निकै गाह्रो भएको उनले सुनाए ।
‘त्यो समयको हुकाई र भोगाई हामीमा छैन । त्यसैले वर्कसपमा हामीले द्वन्द्व कालको समय बुझ्न कति डकुमेन्ट्रीहरु हे¥यौं, इतिहासका किताबहरू धेरै पल्टायौ । त्यो क्यारेक्टरमा छिर्न एकदमै मिहिनेत र तयारी गर्नुपरेको थियो’ उनले थपे ।
‘खुस्मा’लाई शुद्ध र ‘इनोसेन्ट’ लभस्टोरी भन्छन् धिरज । द्वन्द्व कालको कथाभन्ने बित्तिकै कतिले द्वन्द्वले भरिएको छ होला भनेर सोच्नुहोला । तर फिल्मले त्यो समय एक प्रेमजोडीले भोगेको समस्या मात्र उठाएको छ’, उनी अगाडि थप्छन् ‘माया कति शक्तिशाली हुने रहेछ भन्ने फिल्मले देखाउँछ ।’ फिल्मलाई लिएर आफू एकदमै उत्साहित रहेको उनले सुनाए ।
‘इन्टु मिन्टु लन्डनमा’, ‘बाबरी’, ‘ज्याकी’ र ‘एक भगवत् एक गीता’मा अभिनय गरिसकेका मगरको यो ५औँ फिल्म हो । धिरज हरेक फिल्ममा आफूलाई चुनौती दिन सक्ने चरित्र होस् भन्न चाहन्छन् ।
‘म सधैँ आफैँलाई चुनौती दिने खालको क्यारेक्टर गर्न रुचाउँछु,’ उनी भन्छन्, ‘खुस्मा’को चरित्र पनि एकदमै चुनौती हो ।’
फिल्म अशोक थापा मगरले निर्देशन गरेका हुन् । सिनेमा एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा धिरजको अलावा उपासना सिंह ठकुरी, माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय संयोक सुब्बा, राजु रेग्मी मगर,राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण पुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर, दुईसाङ थिङ लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई बिहानै पुर्याइयो अदालत, छवि पनि साथमै
-
धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया : अन्तर्वार्ताका लागि दुईजना मात्रै उपस्थित
-
‘परालको आगो’मा सुहाना
-
आप्रवासी गीतकारहरूको बृहत् भेला अमेरिकामा हुने
-
ललितपुर महानगरपालिकाको यी स्थानमा सवारी साधन पार्किङ निषेध
-
आजदेखि धरहरा व्यावसायिक रूपमा खुला, कसलाई कति लाग्छ शुल्क ?