बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

सञ्चयकर्तालाई आकर्षित पार्ने गरी काम गर्न कोषलाई अर्थमन्त्रीको निर्देशन

मङ्गलबार, २५ भदौ २०८१, १२ : २४
मङ्गलबार, २५ भदौ २०८१

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले उपलब्धिको कोणबाट सञ्चयकर्तालाई आकर्षित पार्ने गरी काम गर्ने निर्देशन दिएका छन् । मंगलबार कर्मचारी सञ्चय कोषसँगको छलफलमा अर्थमन्त्री पौडेलले कोषले सञ्चयकर्तालाई नोक्सानीको आधारमा नभई उपलब्धिका आधारमा आकर्षित गर्ने गरी काम गर्न आग्रह गरेका हुन् । 

उनले भने, ‘सञ्चय कोषमा सञ्चयकर्ताहरूले कोषमाथि भरोसा गरेका हुन्छन् । कोषको सबैभन्दा ठुलो आधारमा र भविष्य भनेको सञ्चयकर्ताहरू नै हो । सञ्चयकर्ताहरूको विश्वास टुट्न नदिने गरी प्रतिदिन विश्वासलाई बलियो बनाउँदै जाने गरी कोषले काम गर्नुपर्छ । सञ्चय कोषप्रति सञ्चयकर्ताको विश्वास र भरोसा नटुटोस् भन्ने कुरामा ख्याल गर्नुहोला । कोषले सञ्चयकर्तालाई निक्षेप रहने तहमा होइन । सञ्चयकर्तालाई आकर्षित गर्नुस् । सञ्चयकर्तालाई आकर्षित गर्दा क्षति नोक्सानीको कोणबाट होइन । उपलब्धिको कोणबाट हेर्नुस् ।

उनले दक्ष र क्षमतावान् जनशक्तिलाई लिएर काम गर्न पनि निर्देशन दिए । नेपालमा रोजगारीको पनि आवश्यकता भए पनि अन्य क्षेत्रले रोजगारीको क्षेत्रमा काम गरिरहेको भन्दै प्रविधिको प्रयोग हुने कर्मचारी सञ्चय कोष, बैंक तथा वित्तीय संस्था र अन्य निकायहरू सबैले सकेसम्म कम जनशक्तिबाट धेरै काम गर्न आवश्यक रहेको उनको भनाई थियो । 

उनले भने, ‘तपाईँहरूले सकेसम्म न्यून जनशक्तिबाट अधिकतम काम गर्नुस् । इफिसेन्ट जनशक्तिलाई लिएर काम गर्नुस् । तर नेपालमा रोजगारीको पनि आवश्यकता छ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका माध्यमबाट काम गरिरहेको छ । कर्मचारी सञ्चय कोष, बैंक तथा वित्तीय संस्था र अन्य निकायहरू सबैले सकेसम्म कम जनशक्तिबाट धेरै काम लिनुपर्छ । उक्त जनशक्तिलाई सेवा सुविधा,मर्यादा,इज्जत दिनुपर्छ । कर्मचारीले आफ्नो भविष्य त्यहाँ खोज्न सक्ने ढोका खोलिदिनुपर्छ । ५ सय दरबन्दीमा ३७१ ले काम गरिराख्नुभएको छ । कोषमा दरबन्दी धेरै भयो । ३७१ कर्मचारीले गर्नु भएकै छ । कोष ओएमएनमा जानुपर्छ । दरबन्दी आवश्यकता अनुसार घट्ने र बढ्ने गर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप