‘क्यूँकी सास भी कभी बहू थी’ का अभिनेता विकास सेठीको निधन
मङ्गलबार, २५ भदौ २०८१, ११ : ५५

मुम्बई । भारतको सानो पर्दादेखि लिएर ठुलो पर्दामा समेत आफ्नो अभिनयको छाप छोड्न सफल अभिनेता विकास सेठीको निधन भएको छ । ८ सेप्टेम्बरमा ४८ वर्षको उमेरमा उनको निधन भएको हो ।
यसअघि सेठीकी पत्नी जाह्नवी सेठीले सामाजिक सञ्जालमार्फत उनको निधनको जानकारी दिएकी थिइन् । सोमबार मुम्बईको जोगेश्वरी पश्चिममा अभिनेताको अन्तिम संस्कार गरिएको थियो । अन्तिम बिदाइका लागि थुप्रै कलाकारहरु पुगेका थिए ।
सेठीले आफ्नो करियरको सुरुवात टिभी सिरियलबाट गरेका थिए । उनले एकता कपुरसँग कहीँ तो होगा, के स्ट्रीट पाली हिल र कसौटी जिन्दगी की जस्ता हिट शोमा काम गरे । तर, उनलाई क्यूँकी सास भी कभी बहू थीबाट पहिचान मिल्यो ।
उनले कभी सुखी कभी गममा पनि काम गरेका थिए । उनले करीना कपूरको साथी रकीको भूमिका निभाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
भोलेनाथको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, दिराम, दिनार र रियालको भाउ ?
-
एम्बाप्पे विनाको खेलमा रियाल विजयी, भाल्भर्डले उभ्याए उपाधि दौडमा
-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शर्मालाई
-
संरक्षणको पर्खाइमा सेकुङ ताल