जापान रोजगार मेलामा झेल, ५ दिनको सूचनामा व्यवसायीलाई निम्तो
काठमाडौँ । जापानमा असोज ३ गते रोजगार मेला हुँदै छ । त्यसका लागि श्रम, रोजगार तथा श्रममन्त्री शरतसिंह भण्डारी जाने तयारीमा छन् । मन्त्रिपरिषद् बैठकबाट स्वीकृति लिएर नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री भण्डारी त्यसतर्फ जान लागेका हुन् ।
जापानस्थित नेपाली राजदूतावास र जापान एसोसिएन फर द इम्प्लिोईमेन्ट अफ फरिजन नेशनलस (JAFEN) को संयुक्त आयोजनामा टोकियोमा जापान–नेपाल रोजगारी सम्मेलन (Japan Nepal Employment Conference) हुन लागेको हो ।
उक्त मेलामा भने नेपाली व्यवसायीहरूको न्यून उपस्थिति गराउन खोजिएको छ । सिन्डिकेट लाद्ने मनसायबाट सीमित व्यवसायीलाई लाभ मिल्ने मनसायसहित मेला आयोजना गर्न लागिएको देखिएको हो ।
मेलामा सहभागी हुन छोटो समयको सूचना जारी गरेर व्यवसायीहरूलाई सहभागिताका लागि अनुरोध गरिएको छ । उक्त समयभित्रमा व्यवसायीहरूको भिसा प्रक्रिया नै पुरा हुने देखिँदैन । निश्चित व्यवसायी लक्षित गरेर सूचना जारी गरिएको भन्दै व्यवसायीहरूले नै विरोध गर्दै आएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले निश्चित समयावधि तोकेर सूचना जारी गरेको छ । मेलामा जान चाहने इच्छुक व्यवसायीहरूलाई भिसा प्रकिय पुरा गर्न आवश्यक पर्ने कागजात कार्यालय सचिवलाई उपलब्ध गराउन सङ्घले भनेको छ । तर, उक्त अवधिभित्रमा भिसा प्रक्रिया नै पुरा नहुने एक व्यवसायीले भने ।
‘उनीहरूलाई केही आफ्ना मान्छेलाई मात्रै लैजानका लागि पाँच दिने सूचना जारी गरेको हुन् । जबकि जापानको भिसा आउन नै कम्तीमा १० दिन लाग्छ,’ ती व्यवसायीले भने ।
निश्चित व्यवसायीहरूलाई लक्षित गरेर छोटो समयका लागि सूचना जारी गरेको देखिन्छ । जापानको भिसा भएका म्यानपावर कम्पनीहरूको मात्रै सहभागिता गराउने उद्देश्यले मात्रै छोटो अवधि राखेर सूचना जारी गरिएको ती व्यवसायीको भनाइ छ ।
सङ्घका महासचिव मेघनाथ भुर्तेलले भने आयोजकबाट नै ढिला गरी परिपत्र भएपछि सोही आधारमा इच्छुक व्यवसायीहरूका लागि सूचना जारी गरेको बताए ।
आयोजक संस्था जापानस्थित नेपाली राजदूतावासबाट ढिला गरी परिपत्र आएको र परिपत्र आएलगत्तै सूचना जारी गरिएको बताए ।
उक्त मेलामा सङ्घको आधिकारिक उपस्थिति नहुने उनको भनाइ छ । ‘हामी सङ्घको आफ्नो भवन बनाउने प्रक्रियामा छौँ । यसैले सङ्घको आधिकारिता सहभागिता हुँदैन । इच्छुक व्यवसायीहरूलाई जानका लागि सूचना जारी गरेका हौँ,’ भुर्तेलले भने ।
विदेशमा रोजगार प्रवर्द्धन गर्ने निकाय वैदेशिक रोजगार बोर्ड हो । तर, रोजगार मेलाबारे बोर्ड अनविज्ञ छ । आयोजकले पत्राचार गरेपछि बोर्डले सहभागिताका लागि एक जना प्रतिनिधि पठाउँदै छ । उनीहरूकै खर्चमा बोर्डको तर्फबाट एक जना प्रतिनिधि सहभागी हुन लागेको बोर्डका कार्यकारी निर्देशक डाक्टर द्वारिका उप्रेतीले बताए ।
जसका लागि मेला उनैलाई उपेक्षा :
जापान नेपाली श्रमिकहरूका लागि राम्रो रोजगार गन्तव्य मुलुक हो । व्यक्तिगत तथा संस्थागत रूपमा नेपालीहरू जापानमा रोजगारीमा जाने गरेका छन् । उक्त मेलामा अहिलेसम्म आधिकारिक रूपमा संस्थागत तर्फबाट श्रमिक पठाउने गरेका छैनन् । नेपाल र जापानबिच भएको सम्झौता कार्यान्वयनमा आउन नसक्दा व्यवसायीहरूले कामदार पठाउन सकेका छैनन् ।
मेलामा नेपाली म्यानपावर व्यवसायी र जापानस्थित रोजगारदाताको उल्लेख्य सहभागीताका लागि कार्यक्रम आयोजना गरिएको हो । तर, उक्त मेलामा नेपालबाट केही सीमित म्यानपावर व्यवसायीको मात्रै सहभागिता रहने देखिन्छ । निश्चित व्यवसायीहरूबाहेक अन्यले अवसर नपाउनु भन्ने मनसायसहित नै छोटो समयावधिका लागि सूचना जारी गरिएको व्यवसायीहरूको भनाइ छ ।
जापानमा वर्षौदेखि रोजगारीको काम गर्दै आएका व्यवसायीलाई समेत उपेक्षा गरेर निश्चित व्यवसायीको ग्राण्ड डिजाइनमा यस्तो गरिएको ती व्यवसायीको भनाइ छ ।
मेलाको कार्यपालिका :
मेलामा जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गा बहादुर सुवेदीले मन्तव्य दिने कार्यपालिका छ । त्यस्तै जापान–नेपाल संसदीय लीगका महासचिव योसूके त्सुरोहु, इमिग्रेशन सर्भिसेज इजेन्सीको निर्देशक सिन्को फकुहारा र श्रममन्त्री शरतसिंह भण्डारीले मन्तव्य दिने कार्यपालिका छ ।
त्यसपछि हुने नेपाली कामदारको सम्भाव्यता विषयमा प्यानल डिसकसन हुनेछ । जसमा श्रम मन्त्रालयका सह–प्रवक्ता कविराज उप्रेती, अधिवक्ता सोसिय सुगिता, फरजिन इम्प्लोईमेन्ट प्रमोसनका निर्देशक मोतिय सुगनुमा, लिफ्ट को. का सीईओ तेत्सुतो सुमिमुरा र ब्ल्यू स्काई जापानका सीईओ सन्तोष पौडेले प्यानलिष्टका रूपमा रहनेछ कार्यपालिका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सालको पात बेचेर खर्च जुटाउँदै महिला
-
तनहुँको सयपत्री कतार निर्यात
-
सरसफाइमा सक्रिय महिला कामदार
-
पूर्वाधार र प्रचार अभावमा ओझेल परेको गन्तव्य ‘कोटथुम्का’
-
किसानले पाल्न छोडे हल गोरु, आधुनिक हलोले जोत्छन् खेतबारी
-
१२ बजे, १२ समाचार : 'बंगलादेशसँग हारेपछि प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी' देखि 'धनराज गुरूङमाथि अनुसन्धान गर्ने गृहमन्त्रीको भनाइ'सम्म