आत्महत्याका घटना रोकथाममा चुनौती : दिगो विकास लक्ष्य प्राप्त गर्न सकस
काठमाडौँ । आज सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस । यो वर्ष ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ : दृष्टिकोण बदलौँ’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ ।
विश्व आत्महत्या रोकथाम दिवस २०२४ को अवसरमा सरकारले आ–आफ्नो स्थानबाट जनचेतना फैलाउन, यससँग जोडिएको लाञ्छना कम गर्न भूमिका खेल्न आह्वान गरेको छ ।
नेपालमा बर्सेनि आत्महत्याको सङ्ख्या बढ्दो छ । हाल नेपालमा आत्महत्या दर प्रतिलाख जनसंख्यामा २४.६ जना छ । नेपालले दिगो विकास लक्ष्यमा सन् २०३० सम्म आत्महत्याको दरलाई ४.७ जना प्रतिलाखमा झार्ने भनिएको छ ।
आत्महत्याको दर नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह नगरे दिगो विकास लक्ष्य हासिल गर्न सम्भव नदेखिएको इपिडिमियोलोजी र रोग नियन्त्रण महाशाखा अन्तर्गत नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा.पोमावती थापाले बताइन् ।
हाल औषत प्रति एक लाख जनसङ्ख्यामा २४.६ जना नेपालीले बर्सेनि आत्महत्या गर्छन् । अबको ६ वर्षमा सो सङ्ख्या घटाएर प्रति एक लाखमा ४.७ जनासम्म झार्ने सरकारको लक्ष्य छ । तर सो लक्ष्य अनुसार आवश्यक पहलकदमी हुन सकेको छैन । ईडीसीडीका प्रमुख डा. यदुचन्द्र घिमिरेका अनुसार आत्महत्या रोकथामका लागि काम गरे अनुसार उपलब्धि हुन सकेको छैन ।
सरकारी तथ्याङ्क अनुसार एक दशक अघि (आर्थिक वर्ष २०७१-२०७२मा) ४ हजार ३३२ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०८०-०८१ मा आइपुग्दा एक वर्षमै ७ हजार २२३ जनाले आत्महत्या गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सन् २०३० सम्ममा आत्महत्या गर्नेको सङ्ख्या प्रति एक लाखमा २४.६ जनाबाट ४.७ जनामा झार्न चुनौती रहे पनि असम्भव भने नरहेको दाबी गरे । ‘बढ्दो मानसिक समस्या, बेरोजगार, वैदेशिक रोजगार, समाजका विकृति तथा क्रियाकलापले यो लक्ष्य पूरा हुनेमा चुनौती थपिएको छ,’ उनले भने, ‘तथापि हामीले बहुक्षेत्रीय कार्यक्रम र रणनीति बनाएर जाँदा विभिन्न संघसंस्थाले समन्वय गरेमा त्यति असम्भव पनि छैन ।’
नेपालमा, जैविक, मनोवैज्ञानिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा वातावरणीय पक्षहरूको जटिलताका कारण आत्महत्या गर्ने गरेको प्रवक्ता बुढाथोकी बताउँछन् ।
सरकारी तथ्याङ्क अनुसार एक दशक अघि (आर्थिक वर्ष २०७१-२०७२मा) ४ हजार ३३२ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०८०-०८१ मा आइपुग्दा एक वर्षमै ७ हजार २२३ जनाले आत्महत्या गरेका छन् ।
मानसिक अस्पतालका वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिष्ट डा. बासुदेव कार्की आत्महत्याको कारण बहुपक्षीय रहे पनि नकारात्मक सोचका कारण मान्छेले आत्महत्या गर्ने गरेको बताउँछन् । ‘हामीले आत्महत्या न्यूनीकरण गर्न हेल्पलाइन नम्बर ११६६ सञ्चालन गर्नुका साथै विभिन्न कार्य गरेका छौँ,’ उनले भने, ‘तर पनि यसबाट उपलब्धि सन्तोषजनक हुन सकेको छैन ।’
नेपाल प्रहरी अस्पतालका मनोचिकित्सक डा. आशिष दत्तका अनुसार आत्महत्याका बहुपक्षीय कारण रहेको पाइएको छ । ‘हामीले घटनामा संलग्न आफन्त, सामुदाय, सो क्षेत्रका मनोचिकित्सक लगायतसँग भेटवार्ता गरेका थियौँ,’ उनले भने, ‘यस क्रममा आत्महत्याका विभिन्न कारण पाइएका छन् ।’
सन् २०३० सम्ममा आत्महत्या दर ४.७ जना प्रति एक लाखमा झार्न महत्त्वाकांक्षी योजना अगााडि सारेको डा. कार्कीको दाबी छ । उनले आत्महत्या न्यूनीकरण गर्न लगानी र जनशक्तिको कमी मुख्य चुनौती रहेको औँल्याए । ‘लगानीको अभाव छ, तालिम प्राप्त जनशक्ति अभाव छ,’ उनले भने, ‘तालिम प्राप्त जनशक्ति परिचालनमा पनि समस्या छ ।’
नेपाल प्रहरी अस्पतालका मनोचिकित्सक डा. आशिष दत्तका अनुसार आत्महत्याका बहुपक्षीय कारण रहेको पाइएको छ । ‘हामीले घटनामा संलग्न आफन्त, सामुदाय, सो क्षेत्रका मनोचिकित्सक लगायतसँग भेटवार्ता गरेका थियौँ,’ उनले भने, ‘यस क्रममा आत्महत्याका विभिन्न कारण पाइएका छन् ।’
एक दशकमा ५९ हजार जनाले गरे आत्महत्या
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार नेपालमा एक दशकमा ५९ हजारभन्दा बढीले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७१÷२०७२ देखि २०८०÷०८१ मा ५९ हजार ६७२ जनाले आत्महत्या गरेका हुन् ।
एक दशकमा आत्महत्याको विवरणः
स्रोतःराष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र
विज्ञहरूका अनुसार आत्महत्याको सम्बन्ध मानसिक स्वास्थ्य समस्यासँग रहेको पाइन्छ । आत्महत्या गर्ने ९० प्रतिशतमा मानसिक रोग भएको तथ्य अनुसन्धानले देखाएको छ । मानसिक रोगमा पनि उदासीनताको रोग (डिप्रेसन) आत्महत्याको सबैभन्दा प्रमुख कारण हो । विगतमा आत्महत्याको प्रयास गरेका मानिसहरूले आत्महत्याको प्रयास दोहो¥याउने सम्भावना अन्य व्यक्तिको तुलनामा धेरै हुने विज्ञको भनाइ छ ।
जीवनप्रति नैराश्यता लगातार अनुभव गर्ने मानिसहरू र युद्ध, हिंसा, आघातजन्य घटना, लाञ्छना वा भेदभाव अनुभव गरेको व्यक्तिहरूमा आत्महत्या गर्ने सम्भावना बढी देखिएको डा.पोमावती थापाले बताइन् ।
५० शय्यामाथिका सबै अस्पतालमा मानसिक रोग विशेषज्ञ अनिवार्य
देशभरका ५० शय्या माथिका अस्पतालमा मानसिक रोगसँग सम्बन्धी विशेषज्ञ अनिवार्य गरिएको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले बताए । ‘प्रायःजसो सबै स्वास्थ्य संस्थामा मानसिक रोगको उपचार हुन्छ,’ उनले भने, ‘तर कसले कति गरेको छ वा छैन भन्ने दोस्रो पाटो हो ।’
कुनै स्थानीय तहले आफ्नै सक्रियतामा १५ शय्याका अस्पतालमा पनि मानसिक रोगको विशेषज्ञ राखेको डा. बुढाथोकी बताउँछन् । ‘५० शय्यामाथिका अस्पतालहरूमा मानसिक विशेषज्ञको दरबन्दी छ,’ उनले भने, ‘केही स्थानीय तहले आफ्नै पहलमा १५ शय्याकै अस्पतालमा समेत मानसिक रोगको विशेषज्ञ राखेका छन् । हामीले दरबन्दी नै नभए पनि सेवा हरेक तह–तप्काबाट दिएका छौँ ।’
स्वास्थ्यकर्मीलाई मानसिक रोगको औषधि लेख्ने ‘प्रिस्क्राइबर’ को तालिम पनि दिएको प्रवक्ता बुढाथोकीले बताए । मेडिकल अफिसरलाई मानसिक रोग सम्बन्धी तालिमसमेत दिएको उनको भनाइ छ । ‘सबै ठाउँमा मानसिक रोगको उपचार गर्ने विशेषज्ञ नहुने भएकाले हामीले स्वास्थ्यकर्मीलाई मानसिक परामर्श सम्बन्धी तालिम दिएका छौँ,’ उनले भने ।
विश्वमा मृत्युको २० प्रमुख कारणमध्ये आत्महत्या एक मुख्य कारण हो । विश्वमा हरेक वर्ष करिव ७ लाख व्यक्तिले आत्महत्याको कारण ज्यान गुमाउने गरेका छन् । विश्वमा हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्याकै कारण ज्यान गुमाउने गरेको डा. थापाको भनाइ छ ।
नेपालमा प्रतिवर्ष एक सय जनामध्ये १५ जनामा मानसिक समस्या हुने डा. बुढाथोकीले बताए । तर त्यसमध्ये कडा खालको मानसिक समस्या न्यून रहेको उनले बताए ।
मानसिक स्वास्थ्य र आत्महत्या एक आपसमा अन्तरसम्बन्धित देखिन्छ । कोरोना महामारीका समयमा आत्महत्या दर २० प्रतिशतले बढेको देखिएको डा. थापाले बताइन् । ‘प्रत्येक आत्महत्याबाट, आत्महत्या गर्ने मानिसको ज्यान गुम्नेमात्र नभइ सो व्यक्तिसँग सम्बन्धित कयौँलाई आघात पुग्ने गर्दछ,’ उनले भनिन्, ‘नेपालमा सन् २००८-२००९ मा गरेको अनुसन्धानले १६ देखि ४९ वर्षका प्रजनन उमेर समूहका महिलामा मृत्युको एउटा मुख्य कारण आत्महत्या देखिएको थियो ।’
विश्वमा मृत्युको २० प्रमुख कारणमध्ये आत्महत्या एक मुख्य कारण हो । विश्वमा हरेक वर्ष करिव ७ लाख व्यक्तिले आत्महत्याको कारण ज्यान गुमाउने गरेका छन् । विश्वमा हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्याकै कारण ज्यान गुमाउने गरेको डा. थापाको भनाइ छ ।
नेपाल सरकारले आत्महत्या न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । आत्महत्या रोकथामका लागि राष्ट्रिय हेल्पलाइन ११६६ सञ्चालनमा छ, जहाँ २४ सै घण्टा सेवा उपलब्ध गराइएको छ । राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७ ले पनि मानसिक स्वास्थ्यका लागि तीनै तहका सरकारको भूमिकालाई स्पष्ट पारेको छ । मानसिक स्वास्थ्य सेवाको कार्यक्रमहरूलाई विस्तार गर्न सरकारले केही महत्त्वपूर्ण कदम चाले पनि पर्याप्त देखिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
-
सेयर बजार ३१ अंकले घट्यो, सवा ८ अर्बको कारोबार
-
भारतीय स्थल सेना अध्यक्ष द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान
-
करिब १७ प्रतिशतले राजस्व वृद्धि
-
हिट किक बक्सिङका खेलाडी घिमिरे नेपाल आउँदा विमानस्थलमा भव्य स्वागत
-
अबदेखि ‘फर्मासिष्ट’ले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने