मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ४० जनाको मृत्यु

मङ्गलबार, २५ भदौ २०८१, ०९ : ४०
मङ्गलबार, २५ भदौ २०८१

गाजा । हमासद्वारा सञ्चालित प्रशासनले गाजा पट्टीमा इजरायलको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ ।  

हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एडमिनिस्ट्रेशनले आक्रमण मानवीय सहायताका लागि तोकिएको क्षेत्रमा भएको र अन्य धेरै व्यक्ति घाइते भएको हुन सक्ने आशङ्का व्यक्त गरेको  छ। हमासको सिभिल डिफेन्स अपरेसन निर्देशकले बीबीसीलाई भने, ‘घटनामा ४० जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् ।’

यता इजरायली सेनाले भने उसका लडाकु विमानहरूले खान युनिसमा हमास लडाकुहरूको ‘सञ्चालन केन्द्र’मा आक्रमण गरेको बताएको छ । यो अपरेसनमा नागरिकहरूलाई जोगाउन उपायहरू अवलम्बन गरिएको उसको दाबी छ।

तर स्थानीय बासिन्दाहरूले अल-मवासीमा विस्थापित सर्वसाधारणहरूको टेन्टमा तीनवटा आक्रमणहरू गरिएको थियो । अल-मवासी खान युनिसको पश्चिममा एउटा ठुलो जनसंख्या भएको क्षेत्र हो।

गत वर्ष अक्टोबरमा इजरायलले आफ्नो सैन्य अभियान सुरु गरेपछि हजारौँ विस्थापित प्यालेस्टिनीहरू आफ्नो ज्यान बचाउन खान युनिसतिर भागेका थिए।

अक्टोबर ७ मा इजरायल भित्र हमासको आक्रमणपछि इजरायलले सैन्य अभियान सुरु गरेको थियो । हमासको सो आक्रमणमा १२०० जनाको मृत्यु भएको थियो भने २५१ मानिसहरूलाई बन्धक बनाएको थियो।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सैन्य अभियानमा हालसम्म ४० हजार ९०० भन्दा बढी मानिस मारिएका छन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?