आइफोन १६ लञ्च हुनु अघि हुवावेईको तीन दोबरी फोनको प्रि–अर्डर २७ लाख पुग्यो
![आइफोन १६ लञ्च हुनु अघि हुवावेईको तीन दोबरी फोनको प्रि–अर्डर २७ लाख पुग्यो](https://npcdn.ratopati.com/media/news/huawei_GjGqzn9WbR.webp)
बेइजिङ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेईको तीन दोबरी भएको फोनको प्रि–अर्डर २७ लाख थान पुगेको छ । कम्पनीले सोमबार आफ्नो वेबसाइटमा यसको जानकारी दिएको छ ।
कम्पनीले शनिबार मध्यरातिदेखि मेट एक्सटीको प्रि–अर्डर लिन सुरु गरेको थियो । यो भनेको अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो आइफोन १६ लञ्च गर्नु भन्दा दुई दिनभन्दा केही बढी समय अघि हो ।
चीनको समयअनुसार मंगलबार बिहान एप्पलले आइफोन १६ सिरिज लञ्च गर्दै छ । हुवावेईले यस अघि नै मंगलबार दिउँसो २ः३० बजे नयाँ प्रडक्ट लञ्च गर्ने घोषणा गरेको थियो । तर कम्पनीले अहिलेसम्म मेट एक्सटीको मूल्य सार्र्वजनिक गरेको छैन । कम्पनीले सेप्टेम्बर २० देखि यसको विक्री सुरु गर्दै छ । यस वर्षको दोस्रो त्रैमासमा चीनमा एप्पल शीर्ष पाँच स्मार्टफोन निर्माताको सूचिबाट बाहिरिएको बजार अनुसन्धान संस्था क्यानलिसको तथ्याङ्कले देखाएको छ ।
पहिलो पटक यो सूचिमा घरेलु कम्पनीहरूको वर्चस्व छ । समीक्षा अवधिमा १ करोड ६ लाख थान स्मार्टफोन बेचेको हुवावेई सूचिको चौथो स्थानमा छ । पहिलो त्रैमासमा चीनमा एप्पलले १ करोड थान स्मार्टफोन बेचेको थियो । अन्य चिनियाँ प्रतिस्पर्धी जस्तै हुवावेईले चीनमा दोबार्न मिल्ने र फ्लिप फोन बेचिरहेको छ । तर यी श्रेणीमा एप्पलले आफ्नो प्रडक्टलाई विस्तार गर्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा माघ महिनामा ९५ फरार अभियुक्त पक्राउ
-
जलनको उपचार प्रभावकारी र सहज बनाउने काम भइरहेको छ : स्वास्थ्यमन्त्री
-
लेबनानमा दुई नेपाली घाइते हुनेगरी भएको आक्रमणको घटनामा २५ जना पक्राउ
-
सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट राजश्व सङ्कलनमा सुधार
-
सप्तरी जिल्लाका प्रमुख ऐतिहासिक गढीहरू
-
नयाँ मूल्यसँगै कहाँ कति पर्छ पेट्रोलियम पदार्थको मूल्य ?