महत्त्वपूर्ण बहसको अन्तिम तयारीमा ट्रम्प र ह्यारिस
फिलाडेल्फिया । कमला ह्यारिस र डोनाल्ड ट्रम्पले सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनअघि आफ्नो पहिलो र सम्भवतः एकमात्र टेलिभिजन बहसको पूर्वसन्ध्यामा सोमाबार आफ्नो अन्तिम तयारी गरेका छन् ।
निर्वाचनको दिन आउन दुई महिनाभन्दा कम समयमा डेमोक्रेटिक उपराष्ट्रपति र रिपब्लिकन पूर्वराष्ट्रपतिबीचको कडा प्रतिस्पर्धामा आमनेसामने हुनु निर्णायक मोड हुनसक्छ ।
ह्यारिस स्थानीय समयानुसार सोमबार साँझ ४ः४० बजे बहस हुने पूर्वी सहर फिलाडेल्फिया पुग्नेछन् । ट्रम्प एबिसी न्युजमा मङ्गलबार साँझको टक्करको केही घन्टा अघिसम्म आउने छैनन् ।
दुवै उम्मेदवारबीच पहिले कहिल्यै भेट भएको थिएन । बहस पूर्वअभियोजक र एक दोषी अपराधीबीचको शैलीविपरीत हुनेछ ।
“उहाँ कति तल जानुहुन्छ र हामी यसका लागि तयार रहनुपर्छ भन्ने सन्दर्भमा कुनै गुन्जाइस छैन”, सोमबार प्रसारित एक अन्तरवार्तामा ट्रम्पको आक्रमणलाई कसरी सम्हाल्ने भन्ने प्रश्नमा रेडियो होस्ट रिकी स्माइलीलाई ह्यारिसले भनिन्, “उहाँ धेरै झुटो बोल्न हुनेछ भन्ने तथ्यका लागि तयार रहनुपर्छ ।”
तर केही तरिकामा ह्यारिससँग साबित गर्नका लागि धेरै कुरा छन् । घोटालाहरूका बाबजुद प्रतिद्वन्द्वी ट्रम्पले पराजय भएको अवस्थामा नोभेम्बरको निर्वाचनलाई स्वीकार नगर्ने सङ्केत गरेका छन् ।
टिकटको शीर्षमा वृद्ध जो बाइडेनको स्थान लिएकी ५९ वर्षीया ह्यारिसलाई हनिमुन (मधुमास) खल्लो लागेको देखिन्छ । उनको नीतिबारे धेरै थाहा नभएका मतदाताहरूसम्म पुग्नुपर्ने आवश्यकता रहेको सर्वेक्षणहरूले देखाएको छ ।
आफ्नो अभियानले एउटा नीति पृष्ठ निकालेपछि उनले आइतबार राति बढ्दो दबाबका बिच सम्बोधन गरिन् । नीतिमा युनियन र जीवन यापनको लागतदेखि लिएर स्वास्थ्य हेरचाहजस्ता विषयलाई समावेश गरिएको थियो ।
अमेरिकी इतिहासमा पहिलो महिला राष्ट्रपति बन्ने प्रतिस्पर्धामा मिश्रित नस्लको उम्मेदवारविरुद्ध उत्रिएका अठहत्तर वर्षीय ट्रम्पलाई आफ्नो अपमान र आक्रामकतामाथि लगाम लगाउनुपर्ने दबाब हुनेछ ।
तर उनीसँग आफ्ना पक्षका ६ पूर्वराष्ट्रपतीय बहसको अनुभव छ र जुनमा भएको बहसमा बाइडेनविरुद्ध उनको संयमित दृष्टिकोण अत्यन्त प्रभावकारी साबित भयो । ट्रम्पसँगको बहसपछि एक महिनाभन्दा पनि कम समयमा बाइडेन ह्वाइट हाउसको दौडबाट बाहिरिन बाध्य भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
कुर्स्कमा युक्रेनविरुद्ध लड्दा हजार उत्तर कोरियाली मारिए
-
सडक दुर्घटना : धनुषामा ६ महिनामा २६ जनाको मृत्यु
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ
-
महाभारत जङ्गलको आगलागी अझै नियन्त्रणमा आएन
-
हिमोफिलिया रोगको महँगो औषधी अब निःशुल्क