बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मन्त्री काफ्लेद्वारा ३ आयोजनाको अनुगमन, प्रतिफलमा केन्द्रित हुन निर्देशन

सोमबार, २४ भदौ २०८१, २१ : ५३
सोमबार, २४ भदौ २०८१

हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले ३ आयोजनको अनुगमन गरेका छन् । उनले प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको ३ आयोजनाको स्थलगत अनुगमन गरेका हुन् ।

प्रदेशमा नै पहिलो पटक मन्त्री काफ्लेले विभागीय मन्त्रालयबाट कार्यान्वयन भइरहेको विकास आयोजनाको अनुगमन गरेका हुन् । यसअघिका आर्थिक मामिला तथा योजना मन्त्रालयबाट बजेट विनियोजन भएपनि विकास आयोजनाहरूको अनुगमन भने हुने गरेको थिएन ।

मन्त्री काफ्लेले प्रदेशको गौरवको आयोजनाको रूपमा गौरिटार रंगशाला, दुग्घ पाउडर प्लाण्ट ‘धुलो दूध उत्पादन कारखाना’ र प्रादेशिक कृषि थोक बजारको अनुगमन गरेका हुन् । मन्त्री काफ्लेले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेर कार्यान्वयनमा रहेको प्रदेशको गौरवको आयोजना गौरिटार रंगशालाको निर्माणाधीन फुटबल मैदान, क्रिकेट मैदान र पाैडी पोखरीको अनुगमन गरेका छन् ।

यता प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट बजेट कार्यान्वयन भई निर्माण भएको दुग्घ पाउडर प्लाण्ट र प्रादेशिक कृषि थोक बजारको मन्त्री काफ्लेले अनुगमन गरेका हुन् । मन्त्री काफ्लेले प्रदेश सरकारको १ अर्व ६ करोड ७० लाख ८४ हजार रुपैयाँ लगानीमा बनिरहेका ती आयोजनाहरूको प्रगति र गुणस्तरका बारेमा अनुगमन गरेका छन् । प्रदेश सरकारले सो आयोजना अन्तर्गत ८९ करोड १ लाख ८६ हजार रुपैयाँ खर्च गरिसकेको छ भने अन्य रकम खर्च हुने चरणमा काम भइरहेको छ ।

प्रतिफलमा केन्द्रित हुन निर्देशन

मन्त्री काफ्लेले प्रदेश सरकारले लगानी गरेका आयोजनाहरूको उपयोगितामा केन्द्रित हुन नियामक निकायलाई निर्देशन गरेका छन् । उनले प्रदेश सरकारले सञ्चालन गरेका आयोजनाहरूको गुणस्तर र प्रतिफलका विषयमा गम्भीर भएर काम गर्न निर्देशन दिएका हुन् ।

मन्त्री काफ्लेले सरकारको लगानी अनुसारका विकास योजनाहरू समयमै सम्पन्न गराउन र त्यसबाट प्रदेशलाई प्रतिफल प्राप्त हुनेतर्फ अग्रसर हुन उनले निर्देशन दिए । विकास योजनाहरू समयमै सम्पन्न नहुने समस्या हल गरेर नयाँ ढंगबाट आयोजनाको काम अघि बढाउन र निर्माण कम्पनीलाई छिट्टो काम गर्ने वातावरण तयार पार्न सरकारका निकायहरुले काम गर्नुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप