यी हुन् मेलम्ची खानेपानीको भ्रष्टाचार मुद्दामा सफाइ पाउने

काठमाडौँ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वसचिव भिमप्रसाद उपाध्याय, अध्यागमन विभागमा तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङसहित घनश्याम भट्टराई, चन्द्रबहादुर थापा, मणिभद्र न्यौपाने, रामचन्द्र न्यौपाने, बेगनाथ पौडेल, केदारप्रसाद अर्याल र भोजविक्रम थापालाई सफाइ दिएको छ।
विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारी बाबु श्रेष्ठको इजलासले सफाइ दिने फैसला सुनाएको हो । विशेषले केहीको हकमा भने दोषी ठहर गर्ने फैसला सुनाएको छ। अख्तियारले मेलम्ची खानेपानीमा भ्रष्टाचार भएको भन्दै शिवकुमार शर्मासहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेषले अभियोग लागेकामध्ये १० जनालाई सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० फागुनमा मेलेम्चीमा भ्रष्टाचार भएको आरोप लगाउँदै तीन पूर्वसचिव सहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले परामर्शदाता र निर्माण कम्पनीलाई पनि मुद्दामा प्रतिवादी बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड
-
आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान ः के–के हुँदैछ ?
-
पाकिस्तानको भविष्य तय गर्ने न्युजिल्याण्ड र बंगलादेशको भिडन्त आज
-
बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै
-
भारत र पाकिस्तानबिचको खेलमा बने यी रेकर्ड