भ्रष्टाचार
मेलम्ची खानेपानी आयोजनामा केही दोषी ठहर, केहीले पाए सफाइ
सोमबार, २४ भदौ २०८१, २० : ५५

काठमाडौँ । विशेष अदालत काठमाडौँले मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा केहीलाई दोषी ठहर गरेको छ भने केहीलाई सफाइ दिएको छ ।
विशेष अदालतका न्यायाधीश टेकनारायण कुँबर, तेजनारायणसिंह राई र मुरारी बाबु श्रेष्ठको इजलासले सोमबार मेलम्ची खानेपानी आयोजनाको भ्रष्ट्राचार मुद्दामा ४ जनालाई दोषी ठहर गरेको छ भने १० जनालाई सफाइ दिएको हो ।
यसमा तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मा दोषी ठहर भएका छन् ।
यस्तै पूर्वसचिव भीम उपाध्यायसहित १० जनाले सफाइ पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ