नेपाल एयरलाइन्समा नीतिगत हस्तक्षेप गरेर अघि बढ्छु : मन्त्री पाण्डे
सोमबार, २४ भदौ २०८१, २० : २५

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सको सुधारका लागि नीतिगत हस्तक्षेप गरेर अघि बढ्ने बताएका छन् । सोमबार नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी दीपकराज जोशीको स्वागत कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
मन्त्री पाण्डेले भने,‘संस्कृति, पर्यटन र नागरिक उड्डयन तीन स्तम्भ हुन् । नेपाल एयरलाइन्स सुधारको बाटोमा जान जरुरी छ । अब नीतिगत हस्तक्षेपको बाटोमा लैजान चाहन्छु ।’
मन्त्री पाण्डेले मन्त्रालयको बारेमा सम्पूर्ण विषय बुझिसकेकाले रिफर्मको बाटोमा अघि बढ्ने बताए । उनले मन्त्रालयमा प्लेन चलाइदिन भनेर डेलिकेसन आउने गरेका बताउँदै प्लेन नचल्दा देशभरका अधिकांश एयरपोर्टहरू रित्ता भएको दृष्टान्त सुनाए । उनले नागरिक उड्डयन क्षेत्र सुरक्षित हुने कुरामा कुनै दुबिधा नलिन समेत विश्वास दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा अन्तर्गत झापा सबैभन्दा धेरै बीमित भएको जिल्ला
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा आर्सनल विजयी, रियाल मड्रिड ३-० ले स्तब्ध
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड र युआन, दिराम, दिनार र रियालको मूल्य ?
-
पोखरामा सवा अर्ब लगानीमा बुटिक होटल
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण