समाचार
ललितपुरमा विद्यार्थी सवार माइक्रोमा बिजुलीको पोल ढल्यो
सोमबार, २४ भदौ २०८१, १८ : ४७
काठमाडौँ । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडि विद्यार्थी सवार माइक्रोमाथि बिजुलीको पोल ढलेको छ । फोनिक्स स्कुलका विद्यार्थी बोकेको बा.२ ख २८५० नम्बरको टोयोटा माइक्रोमाथि पोल ढलेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
उनका अनुसार दुर्घटनाबाट कुनै मानवीय क्षति भएको छैन । माइक्रोमा सवार १८ जना विद्यार्थीलाई अर्को सवारीले गन्तव्यमा लगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु