बिहीबार, १८ पुस २०८१
ताजा लोकप्रिय
समाचार

आतङ्कवादमा संलग्नताको आशङ्का : डीएसपीसहित ३ नेपालीबारे सिंगापुर प्रहरीलाई नेपाल प्रहरीको जवाफी पत्र

सोमबार, २४ भदौ २०८१, १७ : १९
सोमबार, २४ भदौ २०८१

काठमाडौँ । नेपाल प्रहरीका डीएसपीसहित ३ जना नेपालीहरू आतङ्कवादी गतिविधिमा संलग्न रहेको आशङ्कामा सिंगापुर प्रहरीले केही महिनाअघि नेपाल प्रहरीलाई पत्राचार गरेको थियो । अहिले नेपाल प्रहरीको इन्टरपोल शाखाले त्यसबारे सिंगापुर प्रहरीलाई जवाफ पठाएको छ ।

डीएसपी हेमबहादुर शाही, कालिकोटका महेन्द्रजंग शाह र दीपेन्द्रबहादुर शाह अन्तर्राष्ट्रिय इस्लामिक आतङ्कवादी संगठन (आईएसआईएस) मा आबद्ध भएको आशङ्कामा सिंगापुर प्रहरीले पत्राचार गरेको थियो । तर, उनीहरू  इस्लामिक आतङ्कवादी संगठनमा ‘आबद्ध नरहेको’ भन्दै प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले सिंगापुरलाई पत्र पठाएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने, ‘उनीहरूको संलग्नताबारे केही पनि देखिएन । त्यसबारे सिंगापुरलाई जवाफ पठाइसकेका छौँ ।’

  • घटना के थियो ?

कालिकोटका महेन्द्रजंग शाह लामो समयदेखि खाडी मुलुकमा बस्थे । एकपटक हेमबहादुर शाही र दीपेन्द्रबहादुर शाह मलेसिया घुम्न जाँदा महेन्द्रजंगको गाडीमा सिंगापुर प्रवेश गर्न खोजे । महेन्द्रजंग पनि सँगै थिए ।

त्यसपछि सिंगापुरको अध्यागमन कार्यालयले महेन्द्रजंग ‘शङ्कास्पद सूची’मा भएको भन्दै उनीहरूले तीनै जनालाई सिंगापुर प्रवेश गर्न दिएन । 

हेमबहादुर शाहीले आफू नेपाल प्रहरीको डीएसपी भएको कुरा पनि बताएका थिए । तर, पनि उनीहरूले प्रवेश पाएनन् ।

त्यसपछि आफ्नो विवरण दिएर उनीहरू मलेसिया नै फर्किए । महेन्द्रजंगलाई एकपटक मलेसियाले डिपोर्टसमेत गरेको खुलेको छ । 

मलेसियाले डिपोर्ट गरेपछि नेपाल फर्केका महेन्द्रजंगलाई काठमाडौँमा पक्राउ गरेर प्रहरीले अनुसन्धान पनि गरेको थियो । तर, अहिले उनीहरू तीनै जना कुनै पनि आतङ्कवादी गतिविधिमा संलग्न नरहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । 

प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृत भन्छन्, ‘महेन्द्रजंग चाहिँ सिंगापुरको शंकाको घेरामा रहेछन्, अरूको केही देखिँदैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप