सत्ता साझेदार दल बैठक
देउवा आएसँगै सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु
सोमबार, २४ भदौ २०८१, १६ : ४१

काठमाडौँ । सत्ता साझेदार दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा निर्धारित समय भन्दा ढिला गरी बैठक सुरु भएको हो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा निर्धारित समयमा नआएपछि बैठक सुरु हुन ढिलाइ भएको थियो ।
बैठक अपराह्न ४ बजेका लागि तय भएकोमा देउवा साढे ४ बजेमात्रै बालुवाटार पुगेको र त्यसलगत्तै बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारको कामको मूल्याङ्कन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म
-
युट्युबर गंगा लामा पक्राउ
-
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित
-
लखनउद्वारा जितका लागि १ सय ७२ रनको लक्ष्य प्रस्तुत