जनताको समस्या नेताहरूको पनि समस्या हो : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको समस्या नेताहरूको समस्या भएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाउँदै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले सर्वोच्चको सो फैसलाले आम नागरिकहरूमा ठुलो असर परेको भन्दै नागरिकको पिरमर्काप्रति आफ्नो पार्टी संवेदनशील रहेको बताए । उनले जनताका आँखामा आँसु बहेको आफूहरूले देख्न नसक्ने बताए । उनले आफूहरूले जनताको अनुहारमा मुस्कान र जनताको उज्यालो अनुहार हेर्न चाहेको बताए ।
अध्यक्ष नेपालले कुनैपनि एउटा परिवारलाई पीडा हुँदा आफूलाई पोल्ने गरेको भन्दै न्यायपालिकाले फैसलाको पुनरावलोकन गर्नुपर्ने बताए । उनले आफू प्रधानमन्त्री भएको बेलामा ठुलाठुला निर्णयहरू गरेको दाबी गर्दै सो निर्णयले कतिपय नेताहरूको खुट्टा काँप्न थालेको बताए ।
उनले भने, ‘अहिले तपाईं हामी जुन पिरमर्कामा छौँ, त्यो पिरमर्कापटी हाम्रो पार्टी संवेदनशील छ । जनताको समस्या हाम्रो पनि समस्या हो । जनताका आँखामा आँसु बहेको हामी देख्न सक्दैनौँ । जनताको अनुहारमा हामी मुस्कान हेर्न चाहन्छौँ । उज्यालो अनुहार हेर्न चाहन्छौँ । एउटा परिवारलाई पनि पीडा हुन्छ भने त्यसले हामीलाई पोल्छ । पोल्नु पर्दछ । तब नै हामी जनताका सेवक हुन सक्दछौँ । जनताको हितैषी हुनसक्छौँ । जनताको सेवामा समर्पित छौँ भनेर भन्नसक्छौँ ।’
अध्यक्ष नेपालले संसद्को माध्यमबाट अहिलेको सरकारलाई झक्झक्याउने काम गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई