अर्थ
१० दिनभित्र २५ हजार मेट्रिक टन डीएपी मल नेपाल आइपुग्ने
सोमबार, २४ भदौ २०८१, १६ : १२

काठमाडौँ । नेपालले १० दिनभित्र २५ हजार मेट्रिक टन डीएपी मल नेपाल ल्याउने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार २५ हजार मेट्रिक टन डीएपी रासायनिक मल चीनबाट कोलकाता आइपुगेकाले ८ देखि १० दिनभित्र नेपालमा आइपुग्ने भएको हो ।
यस्तै, २५ सय मेट्रिक टन युरिया रासायनिक मल विशाखापटनमबाट नेपाल ल्याइने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।
हाल मन्त्रालयसँग गत आर्थिक वर्ष २०८०/०८१ को सहित गरी १ लाख ३९ हजार रासायनिक मल मौज्दात छ । यसमध्ये युरिया ९१ हजार ५ सय मेट्रिक टन, डीएपी ४१ हजार र पोटास ७ हजार ५ सय मेट्रिक टन मौज्दात रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुनमा संसारकै अग्लो पुल सञ्चालनमा ल्याउँदैछ चीन
-
सुखानी वन क्षेत्रमा ‘भिओलेट कुक्कू’ चरा भेटियो
-
तस्बिरमा हेर्नुहोस् ललितकला मेला
-
युनिटी ठगी प्रकरण : संलग्नलाई कैद, पीडितलाई कम्पनीको सम्पत्ति बेचेर भुक्तानी गरिने
-
वीरगञ्जमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही माग
-
हङकङलाई हराउन नेपालले ११६ रन बनाउनुपर्ने, युवराजले लिए ४ विकेट