समुद्री आँधी यागीका कारण भियतनाममा ५९ जनाको मृत्यु

हानोई । शक्तिशाली समुद्री आँधी यागीका कारण भियतनाममा कम्तीमा ५९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
कृषि तथा ग्रामीण विकास मन्त्रालयले सोमबार बताएअनुसार पहिरोमा पुरिएर मात्रै कम्तीमा ४४ जनाको ज्यान गएको छ । शनिबार यागी समुद्री आँधीका कारण भियतनाममा पहिरो पनि गएको थियो ।
समुद्री आँधी कमजोर बनेर उष्णकटिबन्धीय चक्रवातमा परिणत भएको भएपछि पश्चिमतिर बढ्दै गर्दा यसले थप बाढी र पहिरो ल्याउन सक्न चेतावनी अधिकारीहरूले दिएका छन् ।
चक्रवातका कारण मर्नेहरुमा एउटै परिवारका चार जना पनि छन् । पहाडको ढिस्को खसेर घर पुरिँदा आइतबार होआ बिन्ह प्रान्तको पहाडी क्षेत्रमा एकै परिवारका चार जनाको मृत्यु भएको थियो । ५१ वर्षीय पुरुषले भागेर ज्यान जोगाएको भएपनि उनकी श्रीमती, छोरी र दुई नातिनातिनाको पुरिएर मृत्यु भयो ।
उत्तरी पहाडी क्षेत्र लाओ काई प्रान्तको सा पामा आइतबार मध्याह्न पहिरो जाँदा अरू १७ जना पुरिएका थिए । पुरिएका मध्ये ६ जनाको मृत्यु भएको र अरूको उद्धार गरिएको बताइएको छ । मर्नेमा एक जना ६८ वर्षीय महिला र एक वर्षको बालक पनि परेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जादरानले तोडे च्याम्पियन्स ट्रफीको कीर्तिमान
-
एसपिए कैलाली प्रिमियर लिग–३ को उपाधि भिमदत्तले जित्यो
-
एमसीसीसँगै रोकिएका परियोजना अघि बढाउनेबारे सरकारसँग चार विकल्प
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा चुक्यो नेपाल
-
मानवमा आत्मिक जागरण अपरिहार्य : प्रदेश प्रमुख भट्ट
-
नेपालविरुद्ध म्यानमारको २–० को अग्रता