वर्तमान गठबन्धन अपवित्र र अप्राकृतिक : सांसद तामाङ

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका सांसद हितबहादुर तामाङले सरकारले पुरस्कृत गर्नुपर्ने कुलमान घिसिङ जस्तो मान्छेलाई ह्यारेस्मेन्ट गरेको भन्दै आक्रोश पोखेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले प्रमुख नेताहरूले विरोध गरेकै कारण सुदूरपश्चिमका ९‚ १० युवाहरूलाई गिरफ्तार र थुन्ने काम गरेको उल्लेख गरे ।
वर्तमान सरकारले एनसेल नवीकरणको नाममा अरबौको चलखेल भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘सरकारले मुख्य सचिव बनाउँदा बरियताक्रम मिच्यो । अरू सचिवले राजीनामा दिनुपर्यो‚’ उनले भने ।
सांसद तामाङले वर्तमान गठबन्धन अपवित्र र अप्राकृतिक भएकोमा पनि आपत्ति जनाए । सरकार गलत नियत र उद्देश्यले बनेको प्रमाणित भइसकेको पनि उल्लेख गरे । सांसद तामाङले संविधान संशोधनको विरोधी नेकपा माओवादी नभएको भन्दै जनताको हितको पक्षमा परिवर्तन गर्नुपर्छ भनेपनि अहिले सरकार ४७ सालकै संविधान ल्याउनेगरी लागि परेको आरोप लगाए ।
सरकारले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न लागिपरे त्यसको प्रतिकार माओवादीले गर्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झण्डै तीन दशक अघिको खानेपानी आयोजना अझै पूरा भएन
-
ज्ञानेन्द्र शाहीको आरोप : प्रधानमन्त्री ओलीको निर्देशनमा आदित्यनाथको फोटो राख्न लगाइयो
-
‘झुम्सा खानेपानी आयोजना चाँडो सम्पन्न गर्नुको विकल्प छैन’
-
पानीको मुद्दालाई राजनीतिकरण गरियो
-
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै