आर्थिक विकासका लागि महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमको सहकार्य जरुरी : ढकाल
_0Y0683KEu4.jpg)
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय वित्त निगम र महासंघको सहकार्य आवश्यक रहेको बताएका छन् ।
सोमबार महासंघको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एसियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटका क्रममा ढकालले यस्तो धारणा राखेका हुन् ।
सरकारले नेपाल उद्योग वाणिज्य महासंघले दिएको सुझावहरूलाई लिएको र सुधारका कार्यक्रम अघि बढाएको जानकारी गराउँदै उनले भने, ‘सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय विकास साझेदारहरूले हातेमालो गरेर आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्नु पर्दछ ।’
ढकालले दुई संस्थाहरू मिलेर स्थानीय र अन्तर्राष्ट्रिय बजारमा काम गर्न सकिने बताए । उनले महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले संयुक्त रूपमा प्रकाशित गरेको ‘नेपालमा निजी क्षेत्रको अवस्था’ शीर्षकको प्रतिवेदनको सहकार्यबारे पनि जानकारी गराएका थिए ।
अध्यक्ष ढकालले उक्त प्रतिवेदन व्यावसायिक समुदाय र नीति, निर्माताहरूका लागि महत्त्वपूर्ण भएको जानकारी दिए ।
अन्तर्राष्ट्रिय वित्त निगमको विशेषज्ञता र महासंघको स्थानीय व्यवसाय समुदायसँगको सशक्त सम्बन्धले नेपालको आर्थिक परिदृश्यमा परिवर्तन ल्याउन महत्त्वपूर्ण प्रगति गर्न सकिने ढकालले बताए ।
भेटको क्रममा निर्देशक फाखौरीले सार्वजनिक–निजी साझेदारीहरूमा थप जोड दिन आवश्यक रहेको बताए । नेपालले केही आर्थिक चुनौतीको सामना गरिरहेको भए पनि यो देशका लागि अवसर सिर्जना गर्ने समय भएको फाखौरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेश सभा : पहिलो कार्यकालमै अघि बढाइएका विधेयकले अझै पाएनन् कानुनी रूप
-
काठमाडौँका ७ क्याम्पसमा स्ववियु निर्वाचन अवरुद्ध
-
‘न्यायपालिकाप्रतिको जनआस्थामा अभिवृद्धि गर्ने काममा सर्वोच्च अदालतको अर्जुनदृष्टि हुनुपर्छ’
-
विकास निर्माणको अनुगमन गर्न कानुन बनाउने बागमती सरकारको निर्णय
-
महिला नेतृत्व सम्मेलन २०२५ चैतको पहिलो साता
-
विराट गोल्डकप : उपाधिका लागि चर्च ब्वाइज र थ्रीस्टार भिड्दै