सांसद श्रेष्ठको आक्रोश : ओली शासनलाई इतिहासले कसरी हेर्छ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले कृषि तथा वन विज्ञान विश्वविद्यालयमा परीक्षा नभएको ११ दिन भएको तथा एक हजार ४ सय विद्यार्थी समस्यामा परेको बताएकी छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले नेपाल कृषि प्रधान देश भएको र अबका दिनमा यान्त्रीकरणमा जाने भनिरहँदा विश्वविद्यालयमा परीक्षा पठन पाठन ठप्प भएको भन्दै आक्रोश पोखिन् । चार वर्षमा सक्ने व्याचलर सक्न कति वर्ष लाग्ने हो भन्दै उनले प्रश्न समेत गरिन् ।
‘यो विश्वविद्यालय पठन पाठन कम र पार्टीहरूको पार्टी प्यालेस हुन थालेको छ । एउटा प्रमको पार्टी, एउटा गृहमन्त्रीको पार्टी दुई विद्यार्थी सङ्गठनको लडाइमा हुन्छन्, पढ्छु भन्ने विद्यार्थी लडाइले पढ्न पनि पाएनन्‚’ उनले भनिन् ।
उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार हुने भनिएको दीक्षान्त समारोह रोकिएकोमा पनि प्रधानमन्त्री केपी शर्मा ओली दोषी रहेको आरोप लगाइन् । ‘राणा शासनमा एउटा विद्यालय खोलेको भन्छन्, ओली शासनलाई इतिहासले कसरी हेर्छ‚’ उनको आक्रोश थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा आज एमालेको जागरणसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्वोधन गर्ने
-
जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन विजयी
-
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन सरकारलाई हस्तान्तरण
-
अख्तियारलाई हर्क साम्पाङको जवाफ : एनसेल-वाइडबडीतिर नलागेर श्रमदानको खेदो नखन्नु
-
फ्राईडे रिलिज ‘पिताम्बर’ भर्सेज ‘कर्मा’
-
खाने होइन त सिजनको फल ? (तस्बिरहरू)