शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

२० मिटर जग्गा छोड्नुपर्ने  फैसला पुनरावलोकन गर्नुपर्छ : राणा

सोमबार, २४ भदौ २०८१, १३ : ३९
सोमबार, २४ भदौ २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका सांसद धवलशमशेर राणाले उपत्यकाका नदी किनारामा २० मिटर जग्गा छोड्नुपर्ने  फैसलाविरुद्ध सर्वोच्चमा पुनरावलोकनमा जानुपर्ने बताएका छन् । यदि पुनरावलोकनमा गएर फैसला नबदल्ने भए काठमाडौँमा जनता सडकमा उत्रने र धेरैको ज्यान जाने उनले बताए । 

सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले २०६५ साल मङ्सिर १ गतेको निर्णयमा सर्वोच्च अदालतको निर्णयले हजारौँको जनधन शून्यतामा परिणत हुने बताए ।  उनले संविधानले व्यक्तिको सम्पत्ति रक्षा गर्ने ग्यारेन्टी गरेको भन्दै भने–  ‘यो निर्णय सरकारले सर्वोच्चमा पुनरावलोकन गरेन भने ठुलो सङ्ख्यामा काठमाडौँमा सुकुम्वासी पैदा हुन्छ । पुनरावेदन गरेर पुनरावलोकन गर्नुपर्छ ।’

उनले थपे‚ ‘नभए काठमाडौँका जनताले आन्दोलन गर्ने तयारी गरेका छन् ।  त्यसले जनताको ज्यान जाने स्थिति हुन्छ । ’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप