हडताल टार्न कर्मचारीको तलब २५ प्रतिशतले बढाउने बोइङको अफर
वाशिङ्टन डिसी । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना कर्मचारीहरूको तलब एक चौथाइले बढाउने प्रस्ताव गरेको छ । कर्मचारीहरूले हडताल सुरु गरेमा शुक्रबारदेखि नै एसेम्बली लाइन बन्द हुने स्थिति टार्न कम्पनीले यो प्रस्ताव गरेको हो । चार वर्षको करार सम्झौतामा २५ प्रतिशत तलब बढाइदिने प्रस्ताव कम्पनीको छ ।
कम्पनीमा कार्यरत ३० हजारभन्दा धेरै कर्मचारीहरूको प्रतिनिधित्व गर्ने कर्मचारी सङ्गठनका अगुवाहरूले पनि सदस्यहरूलाई यो प्रस्ताव मान्न अनुरोध गरेका छन् । यसलाई उनीहरूले आफूहरूले छलफल गरेको अहिलेसम्मकै सबैभन्दा राम्रो प्रस्ताव भनेका छन् । प्रस्तावमा सहमति जुट्यो भने यो बोइङका नयाँ प्रमुख कार्यकारी अधिकारी केली ओर्तबर्गको लागि ठुलै उपलब्धि हुनेछ । सियाटल र पोर्टल्यान्डमा काम गर्ने बोइङका कामदारहरूले बिहिबार यो प्रस्तावमा मत दिँदैछन् । सङ्गठनका दुई तिहाइ कर्मचारीले छुट्टै मतदानलाई समर्थन गरेभने पनि हडताल हुनेछ ।
कर्मचारीहरूलाई सम्बोधन गरेको एउटा भिडियो सन्देशमा बोइङका प्रमुख सञ्चालन अधिकृत स्टेफिन पोपले प्रस्तावलाई ‘ऐतिहासिक अफर’ भनेका छन् । कर्मचारीहरूले यसलाई मन्जुरी दिए भने यो १६ वर्षमा कम्पनी र कर्मचारी संगठनबीचको पहिलो पूर्ण श्रम सम्झौता हुनेछ । बोइङ र कर्मचारीहरूबीचको अहिलेको सम्झौता सन् २००८ मा ८ हप्ताको हडताल पछि गरिएको थियो ।
दुबै पक्षले यसलाई सन् २०१४ मा फेरि विस्तार गर्ने सहमति गरे । यो सम्झौताको म्याद यही हप्ताको अन्त्यतिर सकिँदैछ । कर्मचारी संगठनले शुरुमा तलबमा ४० प्रतिशतको वृद्धिको माग राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द
-
मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम हुँदा काम गर्न सकिएन : खेलकुद मन्त्री