तेलको ट्याङ्कर पल्टिँदा नाइजेरियामा ४८ जनाको मृत्यु
सोमबार, २४ भदौ २०८१, १३ : ०७

नैरोबी । नाइजेरियामा तेल बोकेको ट्याङ्कर पल्टिँदा कम्तीमा ४८ जनाको मृत्यु भएको छ । यो घटना मध्य नाइजेरियाको नाइजर राज्यको हो । इन्धन बोकेको ट्याङ्कर यात्रु र वस्तु भाउ बोकेको लरीसँग ठोक्किँदा यो घटना भएको त्यहाँको विपद् एजेन्सीले भनेको छ । यो घटना आइतबार स्थानीय समयअनुसार मध्यराति भएको बताइएको छ ।
नाइजर स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीका अनुसार ट्याङ्कर पल्टिएर विस्फोट भएपछि दुवै सवारी साधन आगोको चपेटामा आएको थियो । स्थिति नियन्त्रणमा लिन तत्कालै प्रतिक्रिया टोलीलाई घटनास्थलमा पठाइएको एजेन्सीका महानिर्देशक अब्दुल्लाही बाबा–अराहले भने । विस्फोटले अन्य केही सवारी साधनमा पनि क्षति पुर्याएको बताइएको छ । शव र मरेका बस्तुभाउ निकाल्ने र काम भइरहेको बताइएको छ । यस घटनामा मरेकाहरूलाई सामूहिक चिहानमा गाड्न लागिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)
-
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
-
गण्डकीका योजनामा व्यक्तिस्वार्थ चर्को, छुट्याउन सरकारलाई सकस
-
सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
वर्तमान संकट कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छन् : प्रचण्ड