सविनको नयाँ गीत ‘माया’ मा विकेश र प्रविनाको रोमान्स
सोमबार, २४ भदौ २०८१, १२ : ५२

काठमाडौँ । गायक सविन श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘माया’ सावर्जनिक भएको छ । गीतमा शब्द तथा संगीत पनि उनी स्वयंको छ । प्रेमिल गीतले प्रेम, समर्पण, कल्पना र वियोग प्रस्तुत गरेको छ ।
सँगै गीतले एक्लो जिन्दगीको कथा भन्ने प्रयास गरेको छ । दुर्घटनामा परेपछि आफूले माया गरेको मान्छेलाई गुमाएपछि एक्लो जीवन र संघर्षशील कथा गीतमा छ । गीतको भिडियो पनि निर्माण गरिएको छ ।
संकल्प भुजेलले खिचेको भिडियो भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । भिडियोमा विकेश श्रेष्ठ र प्रविना वाइबाको अभिनय छ । भिडियोका निर्देशन दिमेश श्रेष्ठले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निटफेस्ट तेस्रो संस्करणमा १२ देशका १७ नाटक
-
दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनको तयारी पूरा, 'प्रधानमन्त्रीसँग युवाहरू–प्रत्यक्ष संवाद' हुने
-
आरआरको स्ववियु सभापतिका उम्मेदवार समिर शाहीले उम्मेदवारी फिर्ता लिए, क्रान्तिकारीलाई राहत
-
निर्यातको सीमा संशोधनपछि सेजमा झुम्मिए उद्योगी
-
अवतरण गर्नै लाग्दा एयर अरेबियाको जहाज ‘मिस एप्रोच ओभरसुट’
-
वसन्तपुरमा होलीको रौनक, २८ तस्बिरमा हेर्नुहोस्