सकियो रणवीर कपूरको रामायणको सुटिङ
नयाँ दिल्ली । बलिउड निर्देशक नितेश तिवारीको बहुप्रतिक्षित फिल्म रामायण सुटिङ पूरा भएको छ । फिल्मको सेटबाट केही तस्बिर सार्वजनिक भएका छन् । यी तस्बिरमा फिल्मको पहिलो भागको छायाङ्कन सकिएको देखिएको छ । रिपोर्टका अनुसार अहिले फिल्मको पोस्ट प्रोडक्सन र भिएफएक्सको काम बाँकी छ ।
एक्स ह्यान्डलमा रणवीर कपूरको फ्यान पेजले केही तस्बिरहरू सेयर गरेको छ । जसमा अभिनेता हुडी र टोपी लगाएर फ्यानसँग पोज दिइरहेका छन् । फिल्मको पहिलो भागको छायाङ्कन सकिएपछि पूरै टिमले एकसाथ पोज दिइरहेको फोटो पनि आएको थियो ।
पिंकभिलाको रिपोर्टका अनुसार नितेश तिवारीले रामायणलाई दुई भागमा रिलिज गर्ने भएका छन् । यसमा रणवीर कपुर, यश, साई पल्लवी र सन्नी देओल मुख्य भूमिकामा रहेका छन् । फिल्मको भव्यतालाई ध्यानमा राख्दै निर्माताले दुई भागको छायाङ्कन एकैसाथ गर्ने निर्णय गरेका थिए ।
मेकरहरूले दुवै पार्ट एक वर्षभित्र रिलिज गर्ने तयारी गरेका छन् । फिल्म अर्काे वर्ष रिलिज हुने अनुमान गरिएको छ । तर, निर्माण पक्षले रिलिज मिति भने सार्वजनिक गरेको छैन ।
हालै निखिल कामथसँगको कुराकानीमा रणवीरले आगामी फिल्मका लागि हरेक दिन ३–४ घण्टा तालिम लिइरहेको बताएका थिए । तर त्यतिबेला उनले आफ्नो आगामी फिल्मबारे धेरै जानकारी भने दिएनन् ।
यसका लागि तयारी गर्न आफ्नो कसरतको दिनचर्या पूरै परिवर्तन गरेको उनको भनाइ थियो । रणवीरको हातमा यतिबेला रामायणबाहेक एनिमल पार्क र लभ एन्ड वार पनि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियाल मड्रिड ला लिगाको दोस्रो स्थानमा, बार्सिलोना झन् तल ओर्लियो
-
प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब लय जारी, घरेलु मैदानमै हार
-
लिभरपुलको शीर्षता थप बलियो, टोटनह्यामको पोष्टमा ६ गोल
-
नबिल बैंकद्वारा भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण
-
विमानस्थल विस्तारको प्रस्ताव लिएर लुम्बिनीका नेता पर्यटनमन्त्रीको 'ढोकामा'
-
एनआरटी र चर्च ब्वाइजबीच झापा कपको उपाधि भिडन्त, कसले मार्ला बाजी ?