आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

आगामी दिनमा राजदूत नियुक्ति गर्दा सरकारले समावेशितालाई ध्यान दिन्छ : परराष्ट्रमन्त्री राणा

सोमबार, २४ भदौ २०८१, १५ : ०४
सोमबार, २४ भदौ २०८१

काठमाडौँ । परराष्ट्र मन्त्री आरजु देउवा राणाले सरकारले राजदूत नियुक्ति गर्दा सकेसम्म समावेशी बनाउने प्रयास गरेको बताएकी छन् । सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै मन्त्री देउवाले राजदूत नियुक्ति र सिफारिस गर्दा सरकारले सकभर समावेशी नै बनाउने प्रयास गरेको बताएकी हुन् । 

यद्यपि उनले राजदूतबारे केही प्रश्न उठेको स्विकार्दै संसदीय सुनुवाइ समितिको सुझावलाई सरकारले सुन्ने र कार्यान्वयन गर्ने बताइन् । ‘अब हुने राजदूतको नियुक्ति समावेशी नै हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु’, मन्त्री राणाको भनाइ छ । 

‘समावेशी र समानुपातिकको कुरामा हामी कति समावेशी हुनसक्छौ ? यसपटक पनि महिलालाई प्रमोट नै गरेको हो तर पनि पर्याप्त भएन भन्ने कुरा आएको छ यसलाई आगामी दिनमा सरकारले थप ध्यान दिने नै छ’, मन्त्री राणाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप