खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु
सोमबार, २४ भदौ २०८१, १२ : १३
रुकुम पश्चिम । रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–६ र ७ को सिमाना पर्ने रमा खोलाले आइतबार राति रा६प २९६१ नम्बरको मोटरसाइकल बगाउँदा उनीहरुको मृत्यु भएको हो ।
साँख गाउँबाट कानेवाङ आउने क्रममा मोटरसाइकल बगाउँदा मुसिकोट–४ का ५० वर्षीय सर्जन पुन र मुसिकोट–६ का ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए ।
घटनाबारे प्रहरीले आज बिहान मात्र जानकारी पाएको हो । महिलाको शव खोलाभन्दा तीन सय मिटर तल तथा पुरुषको शव २० मिटर तल मोटरसाइकले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहको अधिवेशनका लागि लोसपाले दोस्रोपटक थप्यो म्याद
-
अबरोध हटाउन सुदूरपश्चिमका गठबन्धन दलबीच छलफल
-
जब न्युजिल्यान्डविरुद्ध पाकिस्तानका १२ खेलाडीले ब्याटिङ गरे...
-
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट
-
उपभोक्ता संरक्षण विभागको बजार अनुगमन तीव्रः सात फर्म कारबाहीमा
-
सगरमाथा आधार शिविरमा लेक लागेर श्रमिकको मृत्यु