चट्याङ लागेर बालक र शिशुको मृत्यु

काठमाडौँ । मोरङ र जुम्ला जिल्लामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
मोरङको सुनबर्षी नगरपालिका-९ मुस्लिम टोल बस्ने हमिद आलमको छोरा ११ वर्षीय सोफियन आलम मियाँको चट्याङ लागेर आइतबार दिउँसो मृत्यु भएको छ । घर पछाडि रहेको रूखमुनि खेलिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, जुम्लाको तातोपानी गाउँपालिका-७ बस्ने २१ वर्षीया कौशिला रावलकी ९ महिने छोरीको चट्याङ लागेर आइतबार राती मृत्यु भएको छ । सोही गाउँपालिका-७ स्थित थुमलचौर पाटनमा कौशिलाले उनलाई भेडा गोठालो लिएर गएको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । साथै चट्याङ लागेर घाइते भएकी कौशिलाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
उता कञ्चनपुरको बेदकोट नगरपालिका-५ धरमपुर बस्ने १८ वर्षीय हविल डगौराको साउन्ड बक्स मर्मत गर्ने क्रममा करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा अब ५० रुपैयाँ भन्दा कम रिचार्ज गर्न नमिल्ने
-
वैदेशिक रोजगार बोर्डका निर्देशक ढकालको ‘छोरो गयो परदेश..’ बोलको गीत सार्वजनिक
-
रारा आगलागी अपडेट : पर्यटक सुरक्षित, अवस्था सामान्य बन्दै
-
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुबाट भट्टको उम्मेदवारी घोषणा
-
करारमा कर्मचारी भर्ना गर्न गण्डकी सरकारले ल्याएको अध्यादेश मेरिट सिस्टम विपरीत : अध्यक्ष रेग्मी
-
सत्तारुढ दलकै छैन साथ, अध्यादेश पास गराउने तयारीमा सरकार