नवनियुक्त प्रधानसेनापति सिग्देलले लिए शपथ
सोमबार, २४ भदौ २०८१, १५ : ००

काठमाडौँ । नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बिच राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् । उनको शपथ समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलगायतका विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो । त्यसअघि राष्ट्रपतिले सिग्देललाई प्रधानसेनापति पदको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
गत भदौ १२ गते सरकारको निर्णयअनुसार राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति नियुक्त गरेका थिए । शपथसँगै उनले आजदेखि प्रधानसेनापतिको रुपमा औपचारिक रुपमा काम सुरु गरेका छन् । यसअघि प्रधानसेनापति प्रभुराम शर्मा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिचान र स्वायत्त शासनसहितको संघीयता आवश्यक : अध्यक्ष भट्टराई
-
प्रहरीमा ‘स्टाफ कलेज’ सञ्चालनमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट
-
हङकङसँग २ रनले हार्यो नेपाल
-
१० वर्षपछि कोही पनि वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था ल्याउने सरकारको लक्ष्य
-
कुलमानको स्पष्टीकरण पत्र क्याबिनेटमा मात्रै खोलिने, ऊर्जा सचिव भन्छन्– अब हाम्रो भूमिका छैन
-
काठमाडौँका यी स्थानमा २ महिने निषेधाज्ञा