भेनेजुएला छाडेपछि एडमन्डो गोन्जालेजले के भने ?

कारकास । भेनेजुएलामा गत जुलाईमा भएको राष्ट्रपति पदको निर्वाचनका उम्मेदवार रहेका विपक्षी नेता एडमन्डो गोन्जालेजले आफू लोकतन्त्रका लागि लडाइरहने बताएका छन् । गोन्जालेजले आइतबार भेनेजुएला छाडेर स्पेनमा राजनीतिक शरण लिएका छन् । भेनेजुएला छोड्नु अघि उनी कयौँ हप्तासम्म कारकासस्थित स्पेनी दूतावासमा लुकेर बसेका थिए ।
जुलाई २८ मा भएको राष्ट्रपति चुनावको नतिजा आएपछि भेनेजुएलामा राजनीतिक उथलपुथल भएको छ । यस चुनावमा निकोलस मदुरोले आफू विजयी भएको घोषणा गरेका थिए । भेनेजुएलामा रहेका गोन्जालेजको प्रेस टोलीद्वारा अडियो सन्देश पनि प्रसारण गरेका थिए । आफूहरूले स्वतन्त्रताको लागि लडाइँ जारी राख्ने र छिट्टै भेनेजुएलामा प्रजातन्त्रको पुनर्स्थापना गर्ने सन्देशमा उनीले भनेका थिए ।
स्पेन जानुअघि गोन्जालेजको नाममा पक्राउ पुर्जी जारी गरिएको थियो । उनीमाथि सरकारविरुद्ध षड्यन्त्र गरेकोलगायत अन्य गम्भीर आरोप लगाइएको थियो । ‘दबाब र धम्कीका कारण मैले भेनेजुएला छोड्नुपर्यो,’ स्पेन पुग्ने बित्तिकै आफ्ना समर्थकहरूलाई धन्यवाद दिँदै उनले भने । आफ्नो ज्यान धरापमा परेकाले गोन्जालेजले देश छाड्नुपरेको भेनेजुएलाका विपक्षी नेता मारिया कोरिनाले सामाजिक सञ्जालमा लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा आज सार्वजनिक बिदा
-
जाजरकोटमा फेरि अर्को भूकम्प
-
लेखक पशुपति घिमिरेका दुई पुस्तक ‘वाण्डरिङ वर्डस’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ सार्वजनिक
-
राजेश हमालद्वारा १८ डी सिनेमा उद्घाटन
-
माओवादी अभियान : गैँडाकोटमा प्रचण्डको मर्निङ वाक, लखन थापाको सालिकमा माल्यार्पण
-
वैशाख १५ सम्म नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द