मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

अबुधाबीका युवराज भारत भ्रमणमा, मोदीलाई भेट्ने

सोमबार, २४ भदौ २०८१, ११ : ०७
सोमबार, २४ भदौ २०८१

नयाँ दिल्ली । अबुधाबीका युवराज शेख खालिद बिन मोहम्मद बिन जायद अल नाहयान दुई दिने भारत भ्रमणमा आएका छन् । भारत भ्रमणको क्रममा युवराज सोमबार बिहान दिल्ली पुगेका हुन् । शेख खालिदको यो पहिलो भारत भ्रमण हो । विमानस्थलमा उनलाई सङ्घीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले स्वागत गरेका थिए । 

भारतीय विदेश मन्त्रालयले दिएको जानकारी अनुसार शेख खालिदसँगै अन्य धेरै मन्त्री तथा व्यवसायी पनि भारत भ्रमणमा आएका छन् । शेख खालिदले सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम रहेको युवराजको कार्यक्रमको बारेमा जानकारी साझा गर्दै विदेश मन्त्रालयले भनेको छ । 

यसबाहेक उनले भारतका राष्ट्रपतिसँग पनि भेट गर्नेछन् । पश्चिम एसियामा तनाव बढिरहेको समयमा उनको यो भ्रमण भएको हो । भ्रमणबाट ऊर्जा र कनेक्टिभिटी लगायत कयौँ क्षेत्रमा भारतसँगको आबुधाबीको सम्बन्धलाई टेवा मिल्ने आशा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप