शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

चुनावमा पराजयपछि भक्तपुर कांग्रेसमा विवाद : मध्यपुरमा समानान्तर गतिविधि

सोमबार, २६ असार २०७४, ०९ : २०
सोमबार, २६ असार २०७४

भक्तपुर । स्थानीय तहको निर्वाचनमा भक्तपुरको चार नगरपालिका मध्ये कुनैपनिमा जीत हासिल गर्न नसकेपछि नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिमा भाडभैलो मच्चिएको छ । 


पार्टीको तर्फबाट उम्मेदवार भएकाहरुले सम्बन्धित नगरपालिकाका पार्टी नेता तथा कार्यकर्तालाई अन्तर्घात गरेको आरोप लगाउन थालेपछि आरोप प्रत्यारोप रोकिएको छैन । 

भक्तपुर नगरपालिका बाहेक अन्य तीन चाँगुनारायण, सूर्यविनायक र मध्यपुर थिमी नगरपालीकामा जित्ने उद्देश्य साथ पार्टीले उम्मेदवार उठाएको थियो । तर ती सबै नगरपालिकामा नेकपा एमालेले जितेको छ । 

विगतदेखि नै कांग्रेसको गढ मानिएको मध्यपुर थिमी नगरपालिकामा समेत वडामा बहुमत सिट जितेपनि नगरप्रमुख पदमा एमालेले जितेपछि अन्तर्घातको आरोप लागेको छ । मध्यपुरमा उपप्रमुखसहित बहुमत वडामा भने कांग्रेसले बिजयी भएको छ । 

पार्टीका जिम्मेवार व्यक्तिले अन्तर्घात गरेर आफुलाई हराएको भन्दै मध्यपुर नगरपालिकामा कांग्रेसको तर्फबाट प्रमुख पदका उम्मेदवार रहेका अष्ट कवेंले बताउँदै आएका छन् । उनले यतिबेला मध्यपुरमा समानान्तर गतिविधि चलाउन शुरु गरेका छन् ।

‘तपाईंले समान्तर नगरसमिति चलाएको आरोप छ’ भन्ने प्रश्न गर्दा उनले भने, ‘यसबारेमा मलाई थाहा छैन ।’ अन्तर्घातीले चोखिन आफुलाई यस्तो आरोप लगाएको समेत उनको दाबी छ ।

कवेंले नगरअधिवेशनबाट निर्वाचित समितिलाई बाहिर राखेर समान्तर गतिविधि गरेको वर्तमान नगरसमितिको आरोप छ । 

केही दिन अगाडी नगर समितिको व्यानर राखेर असार १८ गते गरिएको कार्यक्रम बारे वर्तमान नगरकार्य समितिलाई खबर समेत नभएको उनीहरुले बताए । 

नगरका क्रियाशिल पार्टी सदस्यहरुको उपस्थितिबाट निर्वाचित कार्य समितिलाई बाहिर राखेर समान्तर गतिविधि भएको नगर सभापति सुरेन्द्र श्रेष्ठले जानकारी दिए । 

समान्तर गतिविधि गर्नेलाई अनुशासनको बारवाही गरि पाउँ भन्दै कार्य समितिले १ नम्बर, २ नम्बर क्षेत्रिय समिति, जिल्ला कार्य समिति र कन्द्रीय समितिलाई पत्रचार गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप