युवा र अग्रज कलाकारहरूलाई नियाल्ने अवसर : हिमालयन आर्ट फेस्टिभल
काठमाडौँ । ‘हिमालयन आर्ट फेस्टिभल’ बबरमहलमा अवस्थित नेपाल कला परिषद्मा यही भदौ २३ गतेदेखि सुरु भएको छ । कार्यक्रम भाद्रको २९ गतेसम्म चल्नेछ । कार्यक्रमको उद्घाटन पानसमा बत्ती बालेर वरिष्ठ कलाकार तथा ललितकला एकेडेमीको पूर्व उपकूलपति शारदा चित्रकारले गरेका थिए ।
हिमालयन आर्ट फेस्टिभलले हरेक वर्ष नेपालमा रहेर नेपाली कलाको विकासमा योगदान पुर्याउने मूर्धन्य स्रष्टाहरूलाई सम्मान गर्दै आइरहेको छ । यसै क्रममा यस वर्ष वरिष्ठ कलाकार तथा महिला सशक्तीकरणको क्षत्रमा योगदान पुर्याउनु भएको नेपाल ललितकला एकेडेमीका पूर्व उपकूलपति तथा वरिष्ठ कलाकार शारदा चित्रकारलाई सम्मान गरेको छ ।
नेपालकै सबैभन्दा स्तरीय र बृहत् कला प्रदर्शनीको रूपमा यसलाई लिइएको आयोजकको दावा रहेको छ । हिमालयन आर्ट फेस्टिभल नाम दिइएको उक्त प्रदर्शनी ई–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तर रूपमा हरेक वर्ष नेपालीहरूको महान् चाड दसैँको पूर्व सन्ध्यामा आयोजनामा गर्दै आइरहेको छ । यस कला प्रदर्शनीको क्युरेसन सागर मानन्धर र प्रतिमा थकालीले गरेका हुन् ।
यस फेस्टिभलका क्युरेटर प्रतिमा थकाली भन्छिन् –‘यस प्रदर्शनीमा विशेषतः अग्रज कलाकारहरू र युवा कलाकारहरूको कामलाई तुलनात्मक हिसाबले दर्शकले हेर्न पाउनेछन् । जसले हाम्रो कलाको स्तर कहाँ पुगेको छ भनेर समेत हेर्ने एउटा अवसर प्राप्त हुन्छ । साथै, कला पारखी तथा अनुरागीहरूले नयाँ पुस्ताको कलाकारका कामहरूलाई समेत मूल्याङ्कन गरेर आफ्ना घर तथा अफिसका सजाउने हो भने नयाँ तथा युवा कलाकारहरूलाई कला सिर्जनामा थप प्रेरणा मिल्ने थियो ।’
यस कला प्रदर्शनीमा नेपाली तथा विदेशी कला पारखीहरूले आफ्नो घरमा सजाउनको लागि किन्न सक्ने मूल्यमा विभिन्न कलाहरू राखिएका छन् । जसमा मूर्तिकला, चित्रकला, प्रतिस्थापन कला तथा पौभा समेत रहेको छ । करिब एक सय १५ भन्दा बढी कलाकारहरूको कलाकृति यस प्रदर्शनीमा समावेश गरिएको छ । नेपालका वरिष्ठ देखि युवा पुस्ताका कलाकृतिहरूलाई एकै थलोमा समावेश गरी कला प्रदर्शनी गर्नु आफैमा ठुलो उपलब्धि मान्नुपर्ने कलाकारहरूको भनाइ रहेको छ ।
अर्का क्युरेटर सागर मानन्धरका अनुसार –‘यस कला पर्वमा हाम्रा अग्रज कलाकारहरूले कुनै समयमा लेखन, रङ्गमञ्च र कलालाई एकै स्थानमा प्रस्तुत गर्ने चलन थियो । आजको दिनमा आइपुग्दा त्यो खाडल अलिक गहिरो भएको महसुस गरेको हुनाले हामीले यस पटक चित्रकार, साहित्यकार तथा रङ्गमञ्चका व्यक्तिहरूलाई समेत यस थलोमा समावेश गर्ने जमर्को गरेका छौँ । यो त्रिशङ्कु संयोजनले पक्कै पनि आगामी दिनमा कला क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने छ भन्ने आशा गरेका छौँ ।’
यस कला प्रदर्शनीमा वरिष्ठ कलाकारहरू बत्स गोपाल वैद्य, मदन चित्रकार, शशिकला तिवारी, श्यामलाल श्रेष्ठ लगायत जीवन राजोपाध्याय, लय मैनाली, देवेन्द्र सिंख्वालदेखि नवेन्द्र लिम्बु, मनिष लाल श्रेष्ठ, जुपिटल प्रधान, रवीन्द्र श्रेष्ठ लगायत लक्ष्मण बज्र लामा, इसान परियार, सविता डंगोल, कुन्ती श्री थापा, सुन्दर लामा, सुस्मा शाक्य, राम प्रकाश श्रेष्ठ, उजय बज्राचार्य, रोशन डंगोल, पुजा दुवाल, हितेष वैद्य, वाङ लामा लगायत करिब ११५ भन्दा बढी कलाकारहरूका कलाकृति प्रदर्शनीमा समावेश गरिएको छ ।
हिमाल, पहाड, तराइका कलाकारहरूको सहभागिता यस प्रदर्शनीमा रहेको छ । महिला कलकारहरूको समेत उल्लेख्य सहभागिता यस प्रदर्शनीमा रहेको देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिगमा एटलेटिको मड्रिडको गोल वर्षा
-
गाउँ रित्तिने चिन्ताले झन् केश पाक्दै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण