१० खेलाडीमा सीमित स्पेनले स्वीटजरल्याण्डलाई हरायो

जेनेभा । १० खेलाडीमा सीमित स्पेनले यूईएफए नेसन्स लिगमा स्वीटजरल्याण्डलाई सजिलै पराजित गरेको छ । आइतबार राति भएको खेलमा टोली ४–१ गोलले विजयी बन्यो ।
युरोपियन च्याम्पियनलाई होसेलुले खेलको चौथो मिनेटमा नै अग्रता दिलाएका थिए । १३ औँ मिनेटमा फाबियन रुइजले टोलीको अग्रता दोब्बर बनाए ।
यद्यपि, ब्रिल इम्बोलोमाथि प्रोफेसनल फाउल गरेका रोबिन ले नोरमान्डले रातो कार्ड पाएपछि स्पेन १० खेलाडीमा सीमित बन्यो । यसको फाइदा उठाउँदै ४१ औँ मिनेटमा जेकी आमडुनीले स्वीटजरल्याण्डका लागि एक गोल फर्काए ।
दोस्रो हाफमा ७७ औँ मिनेटमा फाबियन रुइजले ला रोजालाई पुनः दुई गोलको अग्रता दिलाए । ३ मिनेटपछि फेरान टारेसले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
समूहको अन्य खेलमा डेनमार्कले सर्बियालाई २–० गोलले हरायो । उसको दुई खेलबाट ६ अङ्क रहेको छ । यसअघि पहिलो खेलमा स्पेन सर्बियासँग बराबरीमा रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै
-
ट्रम्पले लगाएको रेसिप्रोकल ट्यारिफः सुरुवात मात्र हो !
-
ट्रम्प प्रशासनले फिर्ता लियो यूएनको खाद्य कार्यक्रमको फन्डिङ कटौतीको निर्णय
-
युनुसलाई बङ्गलादेश चलाउने कुनै संवैधानिक अधिकार छैनः हसिना
-
तस्बिरमा हेर्नुहोस् अछाम आगलागीले पुर्याएको क्षति
-
नेपालको विजयी सुरुवात, ब्याट्सम्यानहरु लयमा देखिएपछि कतारलाई सजिलै हरायो