रोनाल्डोको निर्णायक गोलमा पोर्चुगल विजयी

बेनफिका । क्रिस्टियानो रोनाल्डोले करियरको ९ सय १ औँ गोल गरेपछि पोर्चुगलले एक गोलले पछि परेको स्थिति उल्टाउँदै स्कटल्याण्डलाई पराजित गरेको छ । आइतबार राति यूईफए नेसन्स लिग अन्तरगत भएको खेलमा पोर्चुगल २–१ गोलले विजयी बनेको हो ।
खेलमा पोर्चुगल सुरुवातमा नै पछि परेको थियो । सातौँ मिनेटमा स्कट म्याकटोमिनीले गोल गर्दै स्कटल्याण्डलाई अग्रता दिलाएका थिए । त्यसपछि टोलीले पोर्चुगलको १६ वटा प्रहारलाई रोकेको थियो ।
तर, दोस्रो हाफको ५४ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले राफायल लियो पासमा गोल गर्दै पोर्चुगललाई खेलमा फर्काए । खेल बराबरीतर्फ अघि बढिरहँदा दोस्रो हाफमा मैदानमा प्रवेश गरेका रोनाल्डोले ८८ औँ मिनटमा नुनो मेन्डेजको क्रसलाई जाली चुमाए ।
गोलभन्दा अघि उनको दुईवटा प्रहार पोस्टमा लागेको थियो । त्यस्तै, अघिका चार प्रयासमा उनले स्कटिस टोलीविरुद्ध गोल गर्न सकेका थिएनन् ।
पराजयसँगै स्कटल्याण्ड पछिल्ला ८ प्रतिस्पर्धात्मक खेलमा जितविहीन रहेको छ । समूहकै अन्य खेलमा क्रोएसियाले पोल्याण्डलाई १–० गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसलको ‘सधैं अन रिन्यूअल प्याक’ सञ्चालनमा
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा उत्कृष्ट खेल पस्कने दुवै टोलीका प्रशिक्षक र कप्तानको दाबी
-
नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ
-
सरकारले काठमाडौँ महानगरलाई बन्धक बनायो : ज्ञानेन्द्र शाही
-
गाजाबाट डोनाल्ड ट्रम्पलाई पत्र
-
पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी ऊर्जा दिने छ : प्रचण्ड