शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

राप्रपाले असोजदेखि पार्टी प्रवेश कार्यक्रमलाई अभियानको रूपमा सञ्चालन गर्ने

आइतबार, २३ भदौ २०८१, २१ : १४
आइतबार, २३ भदौ २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी असोजदेखि पार्टी प्रवेश कार्यक्रमलाई अभियानको रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २०८१ साललाई पार्टी प्रवेश वर्षको रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।  

यस्तै बैठकले पार्टीको वडादेखि सबै तहका अधिवेशन गर्नका कार्यसम्पादन समितिका सदस्य तोरण बहादुर गुरुङको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिइएको छ । 

समितिमा केन्द्रीय सदस्य राजाराम श्रेष्ठ, कार्यसम्पादन समिति सदस्य अधिवक्ता निरुपमा यादव, सहमहामन्त्री अमृत पुडासैनी, सहायक महामन्त्री रमानन्द न्यौपाने, केन्द्रीय सदस्यहरू डा. जयन्तनाथ खनाल, भरतजङ्ग उप्रेती र स्वाती थापा छन् । समितिको सदस्य सचिवमा सहमहामन्त्री अधिवक्ता श्याम बहादुर शाहीको मनोनयन यसअघि नै भएको राप्रपाले जनाएको छ ।

यस्तै राप्रपाले पार्टीको नयाँ कार्यालय चाबहिलमा निर्माण गर्ने भएको छ । नयाँ भवन निर्माणका लागि कार्यसम्पादन समितिका सदस्य, आर्थिक विभाग प्रमुख दिनेश श्रेष्ठको संयोजकत्वमा भवन निर्माण समिति गठन गरिएको छ ।

राप्रपाले चाडपर्व नजिकिँदै गर्दा बजारमा खाद्य तथा उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।  

यस्तै सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने भनी गरेको फैसलाप्रति  ध्यानाकर्षण भएको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप