तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलारबत्ती जडानमा अनियमितता गरेको आरोपमा सप्तरीको तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गाउँपालिकाका तत्कालीन उपाध्यक्ष एवं योजना अनुगमन समिति संयोजक तीर्थमाया खत्वे, योजना अनुगमन समितिका सदस्यद्वय दुर्गानन्द यादव र वीरेन्द्रकुमार यादव, प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह, इन्जिनियर उग्रानन्द पाठक, सवइन्जिनियर जागेश्वर मण्डल तथा उपभोक्ता समितिका अध्यक्ष रबेन्द्रकुमार यादव, सचिव धिरेन्द्र यादव र कोषाध्यक्ष रेणुकुमारी यादवविरुद्ध आइतबार ६ लाख ४५ हजार ६ सय ६५ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको हो ।
अख्तियारले ६ लाख ४५ हजार ६ सय ६५ रुपैयाँ जरिवाना, कैद र जरिवाना असुलउपर हुनुपर्ने अभियोगपत्रमा मागदाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट तयारी-छलफल : उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
-
धरानको जङ्गलमा भेटिएकी महिलाको पहिचान खुल्यो, घटना शंकास्पद
-
नेकपा एस कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का सर्वसम्मत
-
तस्बिरमा हेर्नुहोस् वर्षा पछि खुलेको काठमाडौँको आकाश
-
पच्चिस तस्बिरमा हेर्नुहोस् बिस्केट जात्रा
-
त्रिविका उपकुलपतिको राजीनामापछि विश्वविद्यालय उपकुलपतिविहीन