आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

ओली —देउवा भेट : सरकारका काम प्रभावकारी बनाउनेबारे छलफल

आइतबार, २३ भदौ २०८१, २० : ३९
आइतबार, २३ भदौ २०८१

काठमाडौँ । सत्तारुढ दलका दुई शीर्ष नेताबिच भेटवार्ता भएको छ । केही मन्त्रीसहित प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको हो । भेटवार्तामा सरकारका कामकारबाहीबारे छलफल भएको बताइएको छ । 

आइतबार साँझ बालुवाटारमा भएको शीर्ष नेताको भेटवार्तामा सरकारले गरिरहेका कामकारबाहीबारे समीक्षा गर्दै अझ प्रभावकारी बनाउने उपायबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री ओली र सभापति देउवासँगको भेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल तथा गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु देउवा राणा समेत सहभागी रहेका थिए ।

भेटमा सत्तारुढ दलले ल्याउने भनेको साझा न्यूनतम कार्यक्रमबारे समेत कुराकानी भएको बुझिएको छ । साझा न्यूनतम कार्यक्रमका आधारमा सरकार सञ्चालन गर्ने कांग्रेस एमालेको सात बुँदे सहमतिमा उल्लेख भएपनि अहिलेसम्म न्यूनतम साझा कार्यक्रम आउन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप