राप्तीमा बेपत्तामध्ये एक जनाको शव भेटियो
आइतबार, २३ भदौ २०८१, १९ : ४७

चितवन । राप्ती नदीमा डुबेर बेपत्ता भएका दुइमध्ये एक जनाको शव भेटिएको छ । शुक्रबारदेखि राप्ती नदीमा बेपत्ता भएकामध्ये भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरीको शव आज भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार बेपत्ता भरतपुर महानगरपालिका–२७ का ४५ वर्षीय शुक्रबहादुर परियारको खोजी जारी रहेको छ । भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्ती नदीमा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन राशिका लागि शुभ ?
-
'कठै कर्णाली' : शैक्षिक सत्र सुरु हुनै लाग्दा गोदाममै थन्किए किताब
-
पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा वर्षाको सम्भावना
-
युभेन्ट्स बराबरीमा रोकिंदा एटलान्टा पराजित
-
सोमबार आजका लागि यस्तो छ विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
स्वास्थ्यमन्त्री पौडेल अमेरिकाको न्युयोर्कमा