नेपाल टेलिकमकी नवनियुक्त प्रबन्ध निर्देशकद्वारा पदभार ग्रहण

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)की नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छन् । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ २० को निर्णय बमोजिम अर्याललाई कम्पनीको प्रबन्ध निर्देशक पदमा चार वर्षको पदावधि रहने गरी नियुक्त गरिएको हो ।
पदभार ग्रहण गर्दै अर्यालले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गरिन् । उनले पदको गरिमा र सबैको आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान आफ्नो पूर्ण ऊर्जा खर्चिने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
यसअघि उनले कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरेकी छन् ।
उनले २०४९ चैत्र २३ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरी २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिइन् । उनी २०७८ माघ १८ गते नायबप्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मणिलेक बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी, सभापतिमा मनोज दत्त ओझा
-
अवैध लागू औषधसहित एक जना पक्राउ
-
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका नेताहरु पुगे चीनको चोङकिङ
-
चारदेशीय टी-२० आई सिरिजः कुवेतले नेपाललाई दियो १८६ रनको लक्ष्य
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मकवानपुरको बकैयामा बस दुर्घटना, ३१ जना घाइते