चलचित्र
शाम्बालाको प्रिमियरमा बलिउड कलाकारदेखि नेतासम्म, तस्बिरहरू
आइतबार, २३ भदौ २०८१, १८ : ४९
_bt0jQSKlGV.jpg)
काठमाडौँ । मीनबहादुर भाम निर्देशित फिल्म 'शाम्बाला' को आइतबार काठमाडौँमा प्रिमियर गरिएको छ । प्रिमियरमा सहभागी हुन बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आएका छन् ।
प्रिमियरमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेताहरू पनि सहभागी भएका छन् । त्यस्तै, उद्योगी व्यवसायी तथा थुप्रै कलाकार तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो
फिल्म हिमाली भेगकी गर्भवती महिलाले ल्हासामा हराएको श्रीमान् खोज्दाको कथामा आधारित छ। यो फिल्म बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको मुख्य विधामा छनोट भएको थियो। फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दाल्हा, कर्मा शाक्य, लोटेन नम्लिङलगायत कलाकारको मुख्य अभिनय छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम
-
चुरे तराई जनसांगीतिक अभियानः चुरे फेदीमा नाच्दै, गाउँदै माओवादी
-
चिकित्सकको आन्दोलन : शुक्रबार आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने
-
रातोपाटीकर्मी तेजेन्द्र केसीलाई १ लाख नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कार