वीरगन्जको गोदाममा छापा, करिब २० लाख बराबरको सामान नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरीले पर्साको वीरगन्जस्थित तीन वटा गोदाम र विभिन्न इलाकाबाट करिब २० लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ । वीरगन्ज महानगरपालिका–१६ स्थित नगवा इलाकाबाट भाद्र २२ गते ७ लाख ८० हजार ४ सय ३० रुपैयाँ बराबरको विभिन्न किसिमका सामान बरामद गरिएको हो ।
भारतबाट अवैध रूपले ल्याएर सो ठाउँको खुश्बु चकलेट उद्योगको गोदाममा भण्डारण गरी राखेको ३ लाख ६ हजार ६ सय ३० रुपैयाँको चकलेट, चिनी र बोरा सिलाउने तथा जोख्ने मेसिनहरू र सोही ठाउँको एक घरमा लुकाई छिपाई राखेको ४ लाख ७३ हजार ८ सय रुपैयाँको काजु, खजुर, बदाम, बिस्कुट, अजिर र किसमिसका सामान प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा गोदाममा छापामारी बरामद गरेको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
यस्तै सोही महानगरपालिका–८ मिनाबजारस्थित पारस प्रसाद एण्ड राजेश कुमार सप्लायर्सको गोदाममा अवैध रूपमा भण्डारण गरी राखिएको २ लाख ७० हजार १ सय ७० रुपैयाँको आलु र प्याज समेत बरामद भएको छ । यसैगरी भाद्र २३ गते सोही महानगरपालिका–१० स्थित आदर्शनगरबाट ९ लाख ४५ हजार ६ सय रुपैयाँ बराबरको काजु, मरिच र टेम्पोसहित एक जनालाई नियन्त्रणमा लिइएको उनले बताए ।
ना२ह ५९६ नम्बरको टेम्पोमा लोड गरिएको सो सामानसहित बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–२ बैरैनिया बस्ने २५ वर्षीय विनोद कुश्वाहालाई प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौजले यसअघि पनि सो क्षेत्रका विभिन्न गोदाममा छापामारी करोडौँ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । नियन्त्रणमा लिइएको अटो र बरामद सामान वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाणद्वारा बोहराको निधनमा दुःख व्यक्त
-
सेफ सोसाइटीले नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला गर्ने
-
दुबईबाट यात्रुलाई ल्यापटप र मोबाइल मगाएर भन्सार छली, न्युरोडमा बिक्री
-
मेसिनमा आगजनीपछि ‘म्यानुअल सिस्टम’ बाट जडीबुटी कम्पनी सञ्चालनको 'होमवर्क'
-
बागमती प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित, बुधबार १ बजे बस्ने
-
‘पिताम्बर’ले ल्यायो एक्सनले भरिपूर्ण ट्रेलर