बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

एक दिनमै वृद्धाको २३ दाँत झिकेर १२ वटा हालेपछि...

आइतबार, २३ भदौ २०८१, १६ : २४
आइतबार, २३ भदौ २०८१

बेइजिङ । चिनियाँ अधिकारीहरूले एक दिनमै २३ वटा दाँत झिकेर १२ दाँत हालेपछि वृद्धको मृत्यु भएको सम्बन्धमा छानबिन गरिरहेका छन् । चीनको झजियाङ प्रान्तको योङकाङ सहरका बासिन्दा रहेकी मृतककी छोरीले नगर स्वास्थ्य विभागमा यससम्बन्धमा स्थानीय डेन्टल क्लिनीकविरुद्ध मुद्दा हालेकी छिन् । क्लिनिकले एकै दिन एउटै सेसनमा आफ्नो पिताको २३ वटा दाँत निकालेर १२ नयाँ दाँत हालेको प्रमाण पनि शु नाम गरेकी ती महिलाले पेस गरेकी छिन् ।

दाँत झिकेको १३ दिनपछि शुको पिताको मृत्यु भएको बताइएको छ । यी १३ दिन आफ्नो पिताका लागि निकै पीडादायक रहेको र अगष्ट २८ मा हर्टअट्याकका कारण उनको मृत्यु भएको महिलाले भनेकी छिन् । बिरामीको सहमति फारम अनुसार शुको पिताको २३ वटा दाँत निकालेर खप्परमा १२ वटा प्वाल पारी नयाँ दाँतहरू राखिएका थिए । यी सबै काम एकै दिनमा एउटै सेसनमा भएको बताइएको छ । एनेस्थेसियाको प्रभाव हट्दै गएपछि ती वृद्धले कस्तो पीडा खेप्नु पर्‍यो होला कसैले पनि कल्पना गर्न सक्दैन । एउटै सेसनमा यति धेरै दाँत निकाल्नेको कल्पना गर्नै गाह्रो छ ।

डाक्टर र बिरामी आमनेसामने बसेर बिरामीको अवस्थाअनुसार एक पटकमा कति वटा दाँत निकालिने भनेर निर्णय थर्न सक्ने देवेई डेन्टल अस्पतालका एक प्रवक्ताले भनेका छन् । युआन नाम गरेका डाक्टरले वृद्धको २३ वटा दाँत निकालेको अस्पतालको रेकर्डले पनि देखाएको छ । एक पटकमा कति वटासम्म दाँत निकाल्न सकिन्छ भन्नेमा कुनै नियम नभएपनि बिरामीको सहन क्षमता र संक्रमणको जोखिमअनुसार क्लिनिक र डाक्टरले यसको निर्णय गर्ने गरेको बताइएको छ । जति धेरै दाँत निकाल्यो त्यति नै असह्य पीडा हुन्छ र संक्रमणको जोखिम पनि त्यति नै बढ्छ । यो घटनाको १३ दिनपछि वृद्धको मृत्यु भएपछि यस मामिलाबारे छानबिन भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप