उपचारका लागि वर्षमान पुन चीन प्रस्थान
आइतबार, २३ भदौ २०८१, १६ : ०४

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि चीन प्रस्थान गरेका छन् ।
उनी आइतबार मध्यान्न १२ बजे चीन प्रस्तान गरेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार पुन फलोअप उपचार गराएर तीन÷चारदिनमा फर्किनेछन् ।
उनलाई विरलैमा देखिने वंशाणुगत जन्डिसको समस्या छ भने नेपालमा उपचार सम्भव नभएपछि २०७८ साल असोज १३ गते थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पताल लगिएको थियो ।
तर त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई २०७८, १० मंसिरमा चीन लगिएकफ थियो । चीनमा लामो उपचारपछि स्वदेश फर्किएका उनले नियमित फलोअप चेकजाँच गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातारात विकासको लहर चल्छ भन्ने सोच्नुभएको थियो, त्यो अनुसार गर्न सकिएन : प्रचण्ड
-
प्रतिगामी हर्कतका छिटपुट बाछिटा जहाँ देखापरे त्यहीँ अन्त्य गरिनुपर्छ : एमाले
-
प्रधानमन्त्रीलाई एक पशु चिकित्सकको चिठी
-
उदाहरणीय बन्दै सुरौदी तिखेढुङ्गामा खरबुजाखेती
-
अपडेट : ट्राफिकले सर्वसाधारणलाई कुटेको दोस्रो भिडियो एक वर्ष पुरानो
-
माइतीघरदेखि नयाँ बानेश्वरसम्म चिकित्सकको र्याली, तस्बिरहरू