मधेसका नेता–कार्यकर्तालाई एमालेको अनुशासन प्रशिक्षण
काठमाडौँ । नेकपा एमालेले मधेस प्रदेशका नेता तथा कार्यकर्तालाई अनुशासनको प्रशिक्षण दिएको छ । मधेस प्रदेशको प्रशिक्षण कार्यक्रम महोत्तरीको बर्दिबासमा आइतबार सम्पन्न भएको हो ।
कार्यक्रममा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले नेता कार्यकर्तालाई पार्टी, संगठन, नेतृत्व र समग्र अनुशासनका बारेमा प्रशिक्षण दिएका छन् ।
त्यसैगरी अनुशासन आयोगका सचिव प्रा.डा.भरत पहारीले पार्टीका नेता तथा कार्यकर्ताले पालन गर्नुपर्ने अनुशासन र आचार संहिताबारे प्रशिक्षण दिएको एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलले जानकारी दिए ।
प्रशिक्षणमा पार्टी केन्द्रीय कमिटी सदस्यहरू, केन्द्रीय निकायका सदस्यहरू, प्रतिनिधि सभा तथा प्रदेश सभाका सदस्यहरू, पार्टी प्रदेश कमिटीका सदस्यहरू, प्रदेश लेखा आयोगका सदस्यहरू, आठवटै जिल्लाका अध्यक्षहरूको सहभागिता रहेको प्रदेश कमिटीका सचिव पौडेलले बताए ।
प्रशिक्षण कार्यक्रममा स्थायी कमिटी सदस्य तथा मधेस प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठ, पोलिटब्युरो सदस्यहरू पुरुषोत्तम पौडेल, सुमनराज प्याकुरेल, रामदयाल मण्डल, ज्वाला कुमारी साह, अच्युत मैनाली, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालगायतको उपस्थिति रहेको थियो ।
एमाले केन्द्रीय अनुशासन आयोगले यसअघि ६ वटा प्रदेशमा प्रशिक्षण कार्यक्रम गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेवान्डोस्की चम्किएपछि घरेलु मैदानको फाइदा उठायो बार्सिलोनाले
-
च्याम्पियन्स लिगमा एटलेटिको मड्रिडको गोल वर्षा
-
गाउँ रित्तिने चिन्ताले झन् केश पाक्दै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म