बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सिराहाबाट २९० किलो गाँजा बरामद

आइतबार, २३ भदौ २०८१, १४ : ४९
आइतबार, २३ भदौ २०८१

सिराहा । सिराहा प्रहरीले कर्जन्हा नगपालिका ११ बाट आइतबार दुई सय ९० किलो गाँजा बरामद गरेको छ ।  विशेष सूचनाको आधारमा प्रहरीले कर्जन्हा नगपालिका ११ स्कूलटोलको झाडीमा लुकाइराखेको अवस्थामा रहेको १९ पोकामा रहेका दुई क्विन्टल ९० केजी गाँजा बरामद गरेको हो । यसअघि गत शुक्रवार पनि दुई क्विन्टल १७ किलो गाँजा बरामद भएको थियो । 

गोप्य सूचनाको आधारमा प्रहरी चौकी कर्जन्हा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको गाँजासँगै कारोबारमा संलग्न रहेको आशङ्कामा एक जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पंज कुमार बाखुले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप