दीपिका र रणवीरलाई पुत्रीलाभ
आइतबार, २३ भदौ २०८१, १४ : ४१

काठमाडौँ । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह आमाबुबा बनेका छन् । अभिनेत्री दीपिकाले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन् ।
दीपिकाले एचएन रिलायन्स अस्पताल मुम्बइमा छोरीलाई जन्म दिएको दैनिक भास्करले जनाएको छ । प्रसूति व्यथाको कारण दीपिकालाई शनिबार दिउँसो मुम्बईको गुरगाउँ क्षेत्रस्थित एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो । गएको फेब्रअरीमा दीपिका र रणवीर सिंहले आफूहरु बाबुआमा बन्न लागेको सार्वजनिक गरेका थिए । उनीहरूले ‘सेप्टेम्बर २०२४’ भनेर बच्चा जन्मने महिनाको रूपमा उल्लेख गरेका थिए । शुक्रबार दीपिका बाप्पाको दर्शन गर्न सिद्धिविनायक मन्दिर पुगेकी थिइन् ।
दीपिका र रणवीर सन् २०१३ मा ‘गोलियोंकी रसलीलाः रामलीला’ फिल्मको सेटबाट नजिकिएका थिए । उनीहरूले सन् २०१८ मा विवाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षा एक हप्ता पछि गर्दा आकाश खस्दैन : अध्यक्ष सुवेदी
-
प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने
-
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : उपेन्द्र यादव
-
गभर्नर नियुक्तिमा कांग्रेस र एमालेको हानथाप : छनोट समिति र अर्थ मन्त्रालय निरीह
-
सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : पूर्वउपराष्ट्रपति झा
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो