बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

दक्षिण एसियाली जुनियर च्याम्पियनसिप खेल्ने एथलेटिक्स टोलीको बिदाइ

आइतबार, २३ भदौ २०८१, १४ : ३७
आइतबार, २३ भदौ २०८१

काठमाडौँ । यू–२० दक्षिण एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने नेपाली खेल टोलीलाई आइतबार एथलेटिक्स परिवार नेपालले बिदाइ गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित एक कार्यक्रमबिच एथलेटिक्स परिवारका पदाधिकारीले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् ।

प्रतियोगिता सेप्टेम्बर ११ देखि १३ तारिखसम्म भारतको चेन्नईमा आयोजना हुनेछ । प्रतियोगितामा नेपालबाट नौ जना खेलाडीले सहभागिता जनाउने छन् । प्रशिक्षकमा उषा कर्ण चौधरी र विमला राना मगर रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप